
प्रदर्शनको मिति नजिकिँदै गर्दा फिल्म ‘गुञ्जन’को निर्माण युनिटले प्रचार–प्रसारलाई तीव्रता दिएको छ । हालै मात्र फिल्मको प्रचार सामग्रीका रुपमा नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
सार्वजनिक पोष्टरमा अभिनेत्री सारा शिर्पाइली र प्रितमराज सेञ्चुरीलाई प्रस्तुत गरिएको छ । उनीहरु रोमान्टिक मुडमा प्रस्तुत छन् ।
द्धन्द्ध निर्देशक अष्ट महर्जनको निर्देशनमा तयार ‘गुञ्जन’मा सारा र प्रितमको अलावा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, ऋचा थापा लगायतको शीर्ष भूमिका रहेको छ । प्रितमराजले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।
ए.एच इन्टरटेन्मेन्टको र हिराकृष्ण शाही फिल्मसको प्रस्तुति रहेको फिल्ममा हिराकृष्ण शाही र सुनिता शाही निर्माताका रुपमा छन् । प्रेमकथामा निर्माण भएको फिल्म पुसको २९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ ।