
काभ्रेको बेथानचोकमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको पुष्टि भएको छ । काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले बेथानचोक गाउँपालिकाको वडा नं ४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा बा ३ ख ४३८५ बस दुर्घटना हुँदा उक्त संख्याका यात्रुको मृत्यु भएको जानकारी दिए । उनले दुर्घटनामा १७ जना घाइते भएको र उनीहरुको धुलिखेलका साथै शिर मेमोरियलमा उपचारका लागि ल्याइएको छ ।
जिल्लाको बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्धका लागि गाउँपालिकाको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको उनले जानकारी दिए । तीव्र गतिको बस सडकमै पल्टिएको उनको भनाइ छ ।