स्पेनको बार्सिलोनामा रहेको एक कारागारका कैदीहरूले दिसा गरिरहेका विश्वका विभिन्न नेता तथा सेलेब्रिटीहरूको सानो मूर्ति बनाएका छन् ।
क्याटालोनिया क्षेत्रमा उक्त परम्परा लामो समयदेखि चलिआएको छ ।
मूलतः कागानर (बिस्टा) मूर्तिहरू जिसस क्राइस्टको जन्मको बेलामा उपस्थित गोठालाहरूको हुने गर्थ्यो । लुकेका मूर्तिहरूलाई परिवार तथा साथीभाइले पत्ता लगाउनुपर्थ्यो ।
तर अहिले त्यो परम्परामा विस्तार गरिएर विश्वका प्रख्यात व्यक्तिहरूको मूर्ति बनाउने गरिएको छ ।
पुइग लेस बासेसस नामक कारागारका कैदीहरूले कागानर डट्कम नामक निजी कम्पनीसँग मिलेर माटाका साना मूर्ति बनाउने गरेका हुन् ।
यस वर्ष उनीहरूले युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्की, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, बेलायतकी दिवंगत महारानी एलिजाबेथ र उनका छोरा चार्ल्स तृतीयको मूर्ति बनाएका छन् ।
Inmates at a prison north of Barcelona have produced thousands of clay figurines of world leaders and celebrities with their pants down and defecating, in keeping with a tradition from the north eastern Catalonia region of Spain https://t.co/IHti2l52yY pic.twitter.com/mQVNuInxK8
— Reuters (@Reuters) December 15, 2022