०८ साउन २०८३, शुक्रबार

किन झगडा गरिरहेका छन् चीन र भारत ? इतिहासको घटनाक्रमले दिन्छ जवाफ

पुस १, २०७९
किन झगडा गरिरहेका छन् चीन र भारत ? इतिहासको घटनाक्रमले दिन्छ जवाफ

अहिले सुन्दा आश्चर्य लाग्न सक्छ तर लगभग पाँच शताब्दीसम्म पश्चिमका ठूला शक्तिहरूले भारतमा नियन्त्रण गर्नका लागि हानाथाप गरेका थिए । 

भारतलाई बेलायती साम्राज्यको मुकुटको मणि मानिएको थियो र सबै त्यसलाई कब्जामा लिएर त्यसको सम्पत्ति हडप्न चाहन्थे । 

समुद्रयात्राको आरम्भ नै त्यही उद्देश्यका साथ भएको थियो । पश्चिम एसियाका मुसलमान शासकहरूले युरोपेलीहरूलाई भारत आउन जमीनको बाटोबाट रोकेकाले युरोपेलीहरू समुद्रको बाटो भएर भारत आउने प्रयास गर्दैथिए । 

क्रिस्टोफर कोलम्बस अमेरिकी महादेशको खोजमा गएकै थिएनन् । उनी त भारत जान खोजेका थिए । अमेरिका पत्ता लगाउनु इतिहासको सर्वाधिक महत्त्वपूर्ण घटनाक्रम हो र त्यसले विश्वमा दीर्घकालीन परिवर्तन ल्याएको थियो । तर कोलम्बसको खोज भारतकेन्द्रित थियो । 

शुरूमा भारतलाई समुद्र भन्दा पनि स्थलमार्गबाट खोज्ने प्रयास युरोपेलीहरूले गरेका थिए । त्यसका लागि उनीहरू मध्य एसियाको बाटो भएर जानुपर्थ्यो । अनि दुई शताब्दीसम्म पश्चिमका ठूला शक्ति तथा चीनले यही स्थलमार्गका लागि लडाइँ गरेका थिए । उनीहरू भारतमा निर्बाध पहुँचका लागि प्रयासरत थिए । 

यो तथ्य अझै पनि सान्दर्भिक छ । मध्य एसियाको भूराजनीतिक महत्त्वले गर्दा चीनले भारतसँग अक्साई चीन र अन्य भागहरू खोसेको हो । मध्य एसियाको महत्त्व रहेकै कारण पाकिसतानले भारतबाट गिलगिट बाल्टिस्तान तथा त्यो क्षेत्र हुँदै जाने स्थलमार्ग लिएको हो ।

तिनै मार्गहरू भएर व्यापारी तथा सैनिकहरू ओहोरदोहोर गर्थे र अहिले पनि गर्छन् । विश्व शक्ति बन्ने चाहना बोकेको मुलुकले यी स्थलमार्गहरूलाई नियन्त्रणमा लिनु जरूरी छ । 

पश्चिमाहरूका लागि भारत लक्ष्य थियो भने मध्य एसिया माध्यम थियो । मध्य एसियालाई नियन्त्रणमा लिनका लागि गरिएको प्रयासलाई ग्रेट गेम भनिन्छ । 

भूराजनीतिको कुरा गर्दा मध्य एसिया जति महत्त्वपूर्ण अर्को कुनै ठाउँ संसारमा छैन । यसलाई नियन्त्रणमा लिने शक्तिले चीन, रुस र भारत जस्ता ठूला शक्तिसँग प्रत्यक्ष पहुँच प्राप्त गर्छन् । 

उपनिवेशकालमा बेलायतले भारतमाथि शासन गर्दा रुस र ब्रिटेनबीचको प्रतिस्पर्धा मध्य एसियाका लागि नै भएको थियो । अनि इरान र टर्की जस्ता मध्यम शक्तिहरूसँग पनि यसको पहुँच छ । 

ईसाको १९औं शताब्दीमा इरानमा शाहहरूको शासन थियो अनि टर्कीको ओट्टोमान साम्राज्य निकै बलियो थियो । त्यतिखेर मध्य एसियाको भूराजनीतिक महत्त्व उच्च थियो । अहिले पनि त्यो महत्त्व कम भएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्