२३ जेठ २०८३, शनिबार

अमेरिकाको लडाकू विमानको यो हालत, अवतरण गर्न नसकेपछि प्यारासुटबाट निस्किए पाइलट (भिडियो)

पुस १, २०७९
अमेरिकाको लडाकू विमानको यो हालत, अवतरण गर्न नसकेपछि प्यारासुटबाट निस्किए पाइलट (भिडियो)

अमेरिकी कम्पनी लकहीड मार्टिनले बनाएको एफ–३५बी लाइटनिङ लडाकू विमान बिहीवार बिहान अवतरण गर्न नसकेपछि त्यसका पाइलटले प्यारासुट उडाएर सुरक्षित निस्केको भिडियो सार्वजनिक भएको छ । 

फोर्ट वर्थमा रहेको नेभल एयर स्टेसन जोइन्ट रिजर्भ बेसमा घटना भएको हो । 

लकहीड मार्टिनले यस विषयमा अनुसन्धान गर्ने र पाइलटको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको बताए । 

पाइलटको अवस्थाका बारेमा कम्पनीले केही बताएको छैन । 

अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनका एक प्रवक्ताले घटना भएको समयमा सरकारी पाइलटले विमान उडाएको बताएका थिए । उक्त विमान अमेरिकी सेनालाई लकहीड मार्टिनले उपलब्ध गराइसकेको छैन । 

विमानमा धेरै किसिमका समस्या रहेको विज्ञहरू बताउँछन् । 

पेन्टागनका प्रवक्ता वायुसेना जनरल प्याट राइडरले पाइलट विमानबाट सुरक्षित रूपमा निस्केको बताए । तर उनको अवस्था अज्ञात छ ।

जर्मनीले यस्ता विमानहरूको एक जत्था आफ्नो वायुसेनाका लागि मगाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्