०४ असार २०८३, बिहीबार

महिला र पुरुषबीच विभेद हुने खालका विषयवस्तु विज्ञापनमा नराख्न बोर्डको आग्रह

महिला र पुरुषबीच विभेद हुने खालका विषयवस्तु विज्ञापनमा नराख्न बोर्डको आग्रह

नेपालमा प्रकाशन तथा प्रशारण हुने विज्ञापनलाई लैंगिक उत्तरदायी बनाउन सबैले जोड दिन आवश्यक रहेको सरोकारवालाले बताएका छन् । नेपालस्थित संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) र विज्ञापन बोर्ड नेपालले ललितपुरमा शुक्रवार गरेको छलफलमा सरोकारवालाहरूले विज्ञापनलाई लैंगिक संवेदनशील र उत्तरदायी बनाउन जोड दिएका हुन् । विज्ञापनको असर समाजिक मनोविज्ञानमा धेरै लामोसम्म रहने भएकाले विज्ञापनको अवधारणा बनाउने र निर्माणमा धेरै मेहनत गर्नुपर्ने बताए । 

विज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाईंले महिला र पुरुषबीचमा विभेद हुने खालका विषयवस्तु विज्ञापनमा राख्नु नहुनेमा जोड दिए । उनले विज्ञापन बजारलाई लैंगिकमैत्री बनाउनुपर्ने बताउँदै आगामी दिनमा विज्ञापन बोर्डले विज्ञापनको विषयवस्तुलाई सेन्सर गर्ने स्पष्ट पारे । 

यूएनडीपीका सञ्चारप्रमुख कमलराज सिग्देलले संयुक्त राष्ट्रसंघले विश्वभरि प्रशारण हुने विज्ञापन लैंगिक संवेदनशील होस् भनेर काम गरिरहेको बताए । उनले विज्ञापनले समाजमा छिट्टै असर गर्ने भएकोले निर्माणको चरणमा नै विज्ञापन लैंगिक उत्तरदायी भए नभएको हेर्नुपर्ने बताए । उनले खराब विज्ञापनले समाजमा पु¥याउने क्षति कम गर्न सकिने उपायको खोजी गर्नुपर्ने बताए । विज्ञापनलाई लैंगिक जवाफदेही बनाउन समाजका सबै पक्षले काम गर्नुपर्ने बताए । 

सिग्देलले यूएनडीपी नेपाली विज्ञापन बजारसँग काम गर्न इच्छुक रहेको पनि बताए । युएनडिपी र विज्ञापन बोर्डले नेपाली बजारका लागि विज्ञापन बनाइरहेका अवधारणा निर्माता, रचनात्मक लेखक, रचनात्मक निर्देशक भिडियो निर्मातासँग निरन्तर छलफल गर्ने बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्