१० साउन २०८३, आइतबार

भारतबाट डिजेलको मूल्य १२ र पेट्रोलको ६ रुपैयाँ घटेर आयो, नेपालमा घट्ला ?

भारतबाट डिजेलको मूल्य १२ र पेट्रोलको ६ रुपैयाँ घटेर आयो, नेपालमा घट्ला ?

नेपाल आयाल निगमलाई इण्डियन आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीमा इन्धनको भाउ घटेर आएको छ । आईओसीले शुक्रवार पठाएको सूचीअनुसार इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको हो । 

आईओसीले पठाएको सूचीअनुसार डिजेलमा १२ रुपैयाँ ३१ पैसा, हवाई इन्धन १० रुपैयाँ ६१ पैसा र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा घटेको छ । 

भारतबाट घटेको मूल्य आएपछि नेपालमा पनि घटाउनुपर्ने दबाब निगमलाई परेको छ । निगमले बोर्ड बैठक राखेर नयाँ सूचीमा छलफल गर्ने बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्