०३ असार २०८३, बुधबार

किड्स डान्स, र्‍याप र डेटिङ रियालिटी शो आउँदै

किड्स डान्स, र्‍याप र डेटिङ रियालिटी शो आउँदै

स्पेस फोर के टेलिभिजनले एकसाथ तीन वटा रियालिटी शो घोषणा गरेको छ । टेलिभिजनले बालबालिकाहरुको नृत्य शो ‘जस्ट डान्स लिटिल मास्टर्स’, युवाहरुको नृत्य शो ‘र्‍याप स्टार’ र डेटिङ गेम शो ‘फस्ट डेट’ घोषणा गरेको हो ।

काठमाडौंको एक पाँच तारे होटलमा पत्रकार सम्मेलन गरी स्पेस फोर केले एकसाथ तीनवटा रियालिटी शोको टिजर र त्यसको अवधारणा सार्वजनिक गर्नुका साथै सबै शोका निर्णायक, निर्देशक र टिम समेत सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा तीन वटै रियालिटि शोका निर्णायक तथा निर्देशकहरुले आ–आफ्नो शोका बारेमा जानकारी गराएका थिए ।

र्याप स्टारको निर्णायकमा चर्चित र्यापर गिरिश खतिवडा, मिस्टर डी सन्दिप बिस्ट र अभिजित भण्डारी रहेका छन् । त्यसैगरी जस्ट डान्स लिटिल मास्टर्समा चर्चित नायिका सञ्चिता लुईटेल, चर्चित कोरियोग्राफर प्रदिप लामा, वलिउडमा काम गरेर चर्चा कमाएका हिपहप डान्सर प्रकाश बिके रहेका छन् भने फस्ट डेटका क्रियटर तथा प्रोजेक्ट हेड चर्चित नायक तथा प्रस्तोता रेमन्ड दास श्रेष्ठ, क्रियटिभ हेड सन्जीप रत्न शाक्य र निर्देशक नेपालकै कान्छा रियालिटी शो निर्देशक आश्वीन न्यौपाने रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्