
आज देशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो प्रदेश १, बागमती, गण्डी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र एक दुई स्थानमा हल्का वर्षा हुनेछ ।
विभागले प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी क्षेत्रको एक दुई स्थानमा हल्का हिमपात हुने पनि जनाएको छ । त्यस्तै, भोलि आइतबार पनि दिउँसोको समयमा प्रदेश १, बागमती, गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्य बदली रहने र एक दुई स्थानमा हल्का वर्षा हुनसक्ने विभागले जनाएको छ ।
सोहीअनुसार पुस ४ गते सोमबार पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी भूभागमा मौसम सफा रहने छ ।
तराईमा बाक्लो हुस्सु
मौसम विज्ञान विभागले जनाएअनुसार तराईका केही भूभागमा विहान बाक्लो हुस्सु र कुहिरो लाग्नेछ । देशका अधिकांश भूभागमा तापक्रम क्रमशः घट्नेहुँदा चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।