
‘रक्सी खानुहोला त मर्नुहोला’ भनेर बयान दिँदै मृतक परिवारलाई राहत दिन नसकिनेबारे भारतको बिहारका मुख्यमन्त्री नितिश कुमारले स्पष्ट पारेका छन् ।
गरीब र मजदुर परिवारका व्यक्तिहरूले सस्तोमा पाइने विषाक्त रक्सी सेवन गर्दा ज्यान गुमाउनुपरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विषाक्त रक्सीका कारण हालसम्म ६० जनाको मृत्यु भइसकेको छ ।
मुख्यमन्त्री नितिशले भने, ‘रक्सी खाएर ज्यान गुमाउनेहरूका परिवारलाई राहत दिने सवाल नै पैदा हुँदैन । राहत पाइने कहिल्यै नसोच्नू ।’ बिहारमा मदिरा निषेध छ, तैपनि लुकेर चोरेर मदिरा बिक्री हुने गरेको छ । बिहारमा रक्सीको कारोबार पूर्णतः रोक्न नसकेको आरोपप्रति मुख्यमन्त्रीले भने, ‘अपराध रोक्नका लागि धेरै कानून बनेका छन् तर पनि हत्या त हुन्छन् नि !’
रक्सी नखान बिहार सरकारले जनचेतनामूलक परिवारप्रति सामान्य समवेदना समेत व्यक्त गर्न नसकेको भन्दै मुख्यमन्त्री नितिशको आलोचना भइरहेको छ ।