
मोतियाबिन्दुको शल्यक्रियाका लागि सामुदायिक आँखा केन्द्र विदुरमा शनिबार पालो पर्खँदै आँखाका बिरामी । केन्द्रले तिलगङ्गा आँखा प्रतिष्ठान र नेपाल रेडक्रस सोसाइटी, नुवाकोट शाखासँगको सहकार्यमा विभिन्न १९ स्थानमा सञ्चालन गरेको शिविरमा पहिचान भएका करिब १५० जना मोतियाबिन्दुका बिरामीको शुक्रबार र शनिबार निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराएको छ । तस्बिर : रामहरि न्यौपाने-रासस