३० जेठ २०८३, शनिबार

५ पटकभन्दा बढी सवारी नियम उल्लंघन गर्ने चालक कारबाहीमा

५ पटकभन्दा बढी सवारी नियम उल्लंघन गर्ने चालक कारबाहीमा
प्रतिकात्मक तस्वीर

ट्राफिक प्रहरीले मंसिर महिनामा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने शर्त तथा नियम ५ पटकभन्दा बढी उल्लंघन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमतिपत्र निलम्वनका लागि यातायात व्यवस्था विभाग पठाएको हो ।

कार्यालयका प्रवक्ता प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ५ पटकभन्दा बढी सवारी नियम उल्लंघन गरेकाले यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाहीका लागि यातायात व्यवस्था विभाग पठाइएको जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै कारवाही पर्नेमा १ जना ४४ पटक, त्यसपछि क्रमशः १ जना ३५ पटक, ३ जना २४ पटक, १ जना १४ पटक, ७ जना १२ पटक, २ जना ७ पटक र ४५ जना ६ पटक पक्राउ परेका सवारी चालक रहेका छन् ।

पक्राउ परेकाले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसूर गरेको पाइएको प्रवक्ता भट्टले बताए । ट्राफिक नियम उल्लंघन गरिरहने चालकबाट नै सवारी दुर्घटना बढी हुने गरेको कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्