२८ जेठ २०८३, बिहीबार

प्रदीप भट्टराई : निर्देशन गरेका चारवटै फिल्मले ५१ दिन मनाए

प्रदीप भट्टराई : निर्देशन गरेका चारवटै फिल्मले ५१ दिन मनाए

कुनै समय थियो, नेपाली फिल्मले प्रदर्शनको ५१ औं र एक सय दिन मनाउनुलाई त्यति ठूलो मानिँदैनथ्यो ।  त्यस बेला थोरै फिल्महरू बन्थे, धेरै समयसम्म चल्थे ।  हिजोआज भने नेपाली फिल्मलाई हलमा एक साता टिक्न पनि मुस्किल पर्दे आएको छ ।

यस्तो अवस्थामा फिल्मले ५१ औं दिन मनाउनु पनि ठूलो सफलता हो । यद्यपि, वर्षमा एकाध फिल्मले भने प्रदर्शनको ५१ औं दिन मनाउने गरेका छन् । 

यस वर्ष जेठमा प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४’ले ५१ दिन मनायो । यति बेला अर्को फिल्म ‘महापुरुष’ले पनि प्रदर्शनको गौरवमय ५१ औं दिन मनाएको छ । कात्तिक ११ गतेबाट प्रदर्शनमा आएको फिल्मले शनिबार राजधानीसहित मोफसलका केही हलहरुमा प्रदर्शनको ५१ दिन मनाएको हो । बलियो ‘वर्ड अफ माउथ’का कारण फिल्मले बक्स अफिसमा लामो यात्रा गर्न सफल भएको मान्न सकिन्छ । 

प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको ‘महापुरुष’मा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराईली, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल लगायतको अभिनय छ । प्रदर्शनको ५१ दिनसम्म आउँदा फिल्मले नेपालमा   करिब ११ करोड कलेक्सन गरेको निर्माण टिमले जानकारी दिएको छ । निर्देशक प्रदीप भट्टराईको ५१ औं दिन मनाउने ‘महापुरुष’ चौथो फिल्म हो ।

यसअघि उनी निर्देशित ‘जात्रा’, ‘शत्रु गते’ र ‘जात्रै जात्रा’ले पनि प्रदर्शनको गौरवमय ५१ औं दिन मनाएका थिए ।  ‘महापुरुष’ आफ्नो आदरणीय गुरुहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको लागी गुरुदक्षिणा रहेको प्रदीपले बताउँदै आएका थिए ।

रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको ‘महापुरुष’को निर्माता भने म्याक्स दिपेश खत्री हुन् ।

salt training

कमेन्ट गर्नुहोस्