०६ साउन २०८३, बुधबार

भारतीय मूलका नेता लियो वराडकर कसरी बने आयरल्याण्डका प्रधानमन्त्री ?

पुस ३, २०७९
भारतीय मूलका नेता लियो वराडकर कसरी बने आयरल्याण्डका प्रधानमन्त्री ?

भारतीय मूलका नेता लियो बराडकर आयरल्याण्डको प्रधानमन्त्री बनेका छन् । सन् २०२० मा भएको चुनावपछि यहाँका फाइन गेल पार्टी, पिएना फेल पार्टी र ग्रीन पार्टीको बीचमा सरकार बनाउनेगरी गठबन्धन बनेको थियो । सोहीबेला यही पार्टीका दुई नेतामध्ये एकजना देशको प्रधानमन्त्री बन्ने करिब पक्का भइसकेको थियो । 

सहमतिअनुसार १६ डिसेम्बर २०२२ सम्म प्रधानमन्त्री फिएना फेल पार्टीका मीहाल मार्टिन प्रधानमन्त्री कायम रहने र त्यसपछि बराडकरलाई प्रधानमन्त्री जिम्मेवारी दिने करिब सहमति भइसकेको थियो । सोहीअनुसार भारतीय मूलका बराडकर त्यहाँका प्रधानमन्त्री बन्न सफल भएका हुन् । बराडकरको जन्म १८ जनवरी १९७९ मा डबलिनमा भएको थियो । उनको आमा मरियम पेशाले नर्स थिइन् । उनका बुवा अशोक भारतीय प्रवासी थिए । पेशाले उनी डाक्टर थिए । सन् १९६० को दशकमा उनी इंगल्याण्डको नेशनल हेल्थ सर्विसमा काम गर्थे र त्यही दुवै जनाको भेट भएको थियो । 

भारतीय सञ्चार माध्यमका अनुसार अशोक महाराष्ट्रमा सिंधुदुर्ग जिल्लाको बराड गाउँका हुन् । उनी लामो समय मुम्बइमा बसे । सन् १९६० को दशकमा उनी आयरल्याण्ड गए । त्यही लियो बराडकरको जन्म भएको थियो । उनी कान्छा छोरा हुन् । उनको प्रारम्भिक शिक्षा सेंट फ्रांसिस नेशनल स्कूलमा भएको थियो । सन् २००३ मा डबलिनको ट्रिनिटी कलेजबाट उनी मेडिकलको डिग्री लिएका थिए ।

उनी विद्यार्थी कालदेखि नै राजनीतिमा संलग्न थिए । सन् २००७ मा उनी डबलिन वेष्टबाट फाइन गेलको टिकटमा चुनाव जितेर काउन्सलर बनेका थिए । त्यतिबेला उनी २४ वर्षका मात्र थिए । सन् २०११ मा उनको पार्टी फाइन गेलले चुनाव जित्यो । गठबन्धन सरकारमा सामेल पनि भयो । त्यतिबेला बराडकरलाई यातायात, पर्यटन र खेलमन्त्रीको जिम्मेवारी दिएको थियो । पछि २०१४ मा उनी स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा आए । 

सन् २०१७ मा एडा केनीले पदबाट राजिनामा दिएपछि बराडकर पहिलो पटक पार्टीको प्रमुखको जिम्मेवारी पाएका थिए । २०१७ मै उनलाई प्रधानमन्त्री पनि बनाए । उनी देशका सबैभन्दा कम उमेरका प्रधानमन्त्री बने । २०२० फरवरीमा उनी पदबाट राजिनामा दिएपनि केही समय उनी देशको केयरटेकर प्रधानमन्त्री भइरहे । 

salt training

कमेन्ट गर्नुहोस्