०२ असार २०८३, मंगलबार

पाकिस्तान क्रिकेट बोर्डमा पुराना हटेर नयाँ अध्यक्ष आउन लाग्दा भारतमा खुशीयाली

पुस ३, २०७९
पाकिस्तान क्रिकेट बोर्डमा पुराना हटेर नयाँ अध्यक्ष आउन लाग्दा भारतमा खुशीयाली

भारत र पाकिस्तानबीच दशकौंदेखि विवाद रहँदै आएको छ । सीमा विवाददेखि विभिन्न खेलकुद प्रतियोगितामा समेत चरम प्रतिस्पर्धा हुन्छ ।

भारत र पाकिस्तानबीच हुने क्रिकेट खेललाई पनि दुवै देशले प्रतिष्ठाको विषय बनाउँछन् । हुँदाहुँदा अब पाकिस्तान क्रिकेट बोर्डमा नयाँ अध्यक्ष आउन लाग्दा भारतीय मिडियामा खुशीयाली छाउन थालेको छ ।

भारतीय मिडियाका अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष रमीज राजालाई हटाउने तयारी भइरहेको छ । रमीजले भारतलाई धम्की दिने गरेका कारण उनी हट्दा भारतीय मिडिया खुशी भएका हुन् ।

पाकिस्तानी मिडियालाई उदृत गर्दै लेखिएको समाचारमा पीसीबीको नयाँ अध्यक्षमा नजम सेठी आउने सम्भावना छ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले नयाँ अध्यक्षबारे संकेत गरेका जनाइएको छ । रमीज सन् २०२१ मा अध्यक्ष बनेका थिए, जतिबेला पाकिस्तानका प्रधानमन्त्री इमरान खान थिए । 

salt training

कमेन्ट गर्नुहोस्