२१ असार २०८३, आइतबार

घर क्षेत्रमै जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

घर क्षेत्रमै जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका –२८ अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर क्षेत्रमै आक्रमण गरेको थियो । आक्रमणबाट घाइते भएका सुवेदीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । 

साउन यता निकुञ्ज र आसपासको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि माडीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्