१९ असार २०८३, शुक्रबार

कामना सेवा विकास बैंकद्वारा एससीटी–युपीआई डेबिट कार्ड जारी

कामना सेवा विकास बैंकद्वारा एससीटी–युपीआई डेबिट कार्ड जारी

समय सापेक्ष ग्राहक महानुभावहरूको चाहनाअनुसार नवीनतम प्रविधिमार्फत सेवाहरू प्रवाह गर्दै आएको कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा प¥याउने उद्देश्यका साथ एससीटी–युपीआई डेबिट कार्ड सेवा शुरू गरेको छ ।

गत शुक्रवारबाट औपचारिक रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवा सुचारु गरेको हो । बैंकका नायब महाप्रबन्धक लालबहादुर थिङ र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले संयुक्त रूपमा एससीटी–युपीआई डेबिट कार्ड सेवाको अनावरण गरी सेवा आरम्भ गरेका थिए । 

कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत विकास ढुंगाना, उच्च पदस्थ कर्मचारीहरूका साथै संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।

यसपश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच एससीटी–युपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य भएको छ । बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ । साथै, एससीटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीइम पीओएसकेजस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने बैंकले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्