
नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले प्रतिनिधि सभाका निर्वाचित सांसदहरुको सपथ भएपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुने बताएका छन् । आइतवार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता महराले प्रतिनिधि सभाका सबै सदस्यहरुको सपथग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गरिने बताए ।
उनले संसदीय दलको नेता चयनपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुने बताएका छन् । आइतवार संसदीय दलको नेताका बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको भए पनि सपथ अगाडि नेता चयन गर्ने कुरा प्रक्रियासंगत नहुने भएकाले नेता चयनबारे छलफल स्थगित गरिएको जानकारी महराले दिए ।
प्रधानमन्त्री को बन्ने ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले त्यसबारे संसंदीय दलको नेता चयन भएपछि मात्रै छलफल हुने बताए । गठबन्धनको निरन्तरता सम्बन्धमा भने उनले गठबन्धन रही नै रहेको जानकारी दिए ।