०३ साउन २०८३, आइतबार

आफ्नो प्रतिद्वन्द्वी मेसीले विश्वकप जितेपछि रोनाल्डो मौन

पुस ४, २०७९
आफ्नो प्रतिद्वन्द्वी मेसीले विश्वकप जितेपछि रोनाल्डो मौन
Getty

सामाजिक सञ्जालमा सर्वाधिक फलोअरको कीर्तिमान बनाएका फूटबलर क्रिस्टियानो रोनाल्डो अहिले मौन छन् । 

आफ्ना प्रतिद्वन्द्वी लियोनल मेसीले अर्जेन्टिनालाई विश्वकप २०२२ जिताउन सफल भएको विषयमा उनले अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन् । 

इन्स्टाग्राम, ट्विटर र फेसबूकमा गरी रोनाल्डोका ७८ करोड फलोअर भएका रोनाल्डोले सामाजिक सञ्जालमा केही पनि लेखेका छैनन् भने मेसीलाई सार्वजनिक रूपमा बधाई पनि दिएका छैनन् । 

विश्वकपको क्वार्टरफाइनलबाट अनपेक्षित रूपमा पोर्चुगल बाहिरिएपछि विश्वकप उपाधि चुम्ने रोनाल्डोको धोको अधूरै रह्यो । मोरक्कोसँग पोर्चुगल हारेपछि रुँदै मैदानबाहिरबाट निस्केका रोनाल्डोले विश्वविजेता अर्जेन्टिना र मेसीका विषयमा टिप्पणी नगर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्