१० साउन २०८३, आइतबार

संसदमा हाम्रो खबरदारी मामुली प्रकारको हुँदैन : पशुपतिशमशेर जबरा

संसदमा हाम्रो खबरदारी मामुली प्रकारको हुँदैन : पशुपतिशमशेर जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य पशुपतिसमशेर जबराले राप्रपा पुराना पार्टीहरूलाई खबरदारी गर्न संसदमा आएको बताएका छन् । सोमवार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरूलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य जबराले राप्रपा पुराना पार्टीहरूलाई खबरदारी गर्न संसदमा आएको बताएका हुन् । 

जबराले देशलाई अहिलेकै ढंगमा चलाएर अगाडि बढाउन नसकिने बताए । ठूला पार्टीहरूसँग काम गर्ने शक्ति पनि नभएको उनले बताए । उनले राप्रपाले मुलुकलाई सञ्चालन गर्ने क्षमता संसदबाट देखाउने दाबी गरे । 

‘नेपाल अहिलेको ढंगबाट चलेर अगाडी बढाउन सक्दैन । नेपाललाई जुन मौका अहिले हासिल छ त्यो मौकाअनुसार ठूला पार्टीबाट काम गर्ने शक्ति उनीहरूसित छैन । त्यो शक्ति नयाँ शक्ति परम्परा र पुरानो विश्वाससहित एउटा नयाँ नयाँ तरिकाबाट मुलुकलाई सञ्चालन गर्ने त्यो क्षमता संसदबाट देखाउन अब राप्रपा अगाडि बढ्छ’, जबराले भने, ‘राप्रपा पुरानो विचार मात्र होइन । राप्रपा नयाँ जोश, नयाँ उत्साहसाथ संसदमा गएको छ । अहिले मुलुकवादको तर्फबाट, नेपाल राष्ट्रको तर्फबाट संसदमा पुराना पार्टीहरूलाई खबरदार गर्न राप्रपा आएको छ । त्यो खबरदार मामुली ढंगको हुँदैन ।’

जबराले अन्य राजनीतिक पार्टीले भन्दा राप्रपाले धेरै काम गर्न सक्ने बताए । उनले आफूहरूले भोलिको नेपाल कस्तो हुनसक्छ भन्नेकुरा संसदमा प्रदर्शन गरेर देखाउने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्