२४ असार २०८३, बुधबार

सरकारले पास गर्‍यो चार नीति, अब स्वास्थ्यमा बजेटको १० प्रतिशत लगानी गर्नुपर्ने

सरकारले पास गर्‍यो चार नीति, अब स्वास्थ्यमा बजेटको १० प्रतिशत लगानी गर्नुपर्ने

सरकारले चार महत्वपूर्ण नीति पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको संयोजकत्वमा रहेको मन्त्रिपरिषद् सामाजिक समितिले ती नीतिहरू पास गरेको हो । समितिको मंगलवार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेका दुई र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेश गरेको दुईवटा नीति पास गरेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०७९–२०८९ र स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति २०७८ पारित भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेयले जानकारी दिए । त्यस्तै समितिले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेश गरेको राष्ट्रिय बालबालिका नीति २०७९ र अपांगता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति २०७९ पास गरेको सचिव पाण्डेयले जानकारी दिए । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको समिति बैठकले पारित गरेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिमा स्थास्थ्यमा कुल बजेटको १० प्रतिशत लगानी पु¥याउनु पर्ने उल्लेख छ । 

स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीतिमा महिला, बालबालिका, मधसी, दलित, पिछडिएको क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुलाई पनि स्वास्थ्यमा समान अधिकारको विषय उल्लेख गरिएको छ । 

बालबालिका नीतिमा बालबालिकाका चार अधिकारको ज्ञारेन्टी गरिएको छ । बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकारलाई नीतिमा उल्लेख गरिएको सचिव पाण्डेयले जानकारी दिए । 

अपांगता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीतिमा अपांगको सबै निकायमा पहुँच, रोजगारीको व्यवस्था, सहुलियतको व्यवस्था र स्वास्थ्य उपचारबारेको विषय मुख्यरुपमा प्राथमिकताकासाथ राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्