काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको रोशि गाँउपालिका घर भइ हाल काठमाडौँको बुढानिलकण्ठ बस्ने २८ वर्षीय वाङजु लामालाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
स १० प १३ २७ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल ललितपुर महानगरपालिका १८ मगरगाँउबाट हराएको थियो । ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा परेको निवेदनपछि प्रहरीले खोजीकार्य जारी राखेको थियो ।
सो निवेदनको आधारमा खोजी गर्नेक्रममा सोमबार साँझ ५ बजे बानेश्वरबाट परिवर्तित नम्बर बा ९३ प ८७८ सहित प्रहरीले पक्राउ गरेको जनाएको छ । लामाले चोरीको मोटरसाइकल चलाइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका लामालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परीसर जावलाखेल ललितपुर पठाइएको काठमाडांै उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।