२१ असार २०८३, आइतबार

ट्रकले किच्दा एक जनाको घटनास्थलमै मृत्यु

ट्रकले किच्दा एक जनाको घटनास्थलमै मृत्यु

पाल्पामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ करिब ५ बजेतिर ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । तानसेन–हार्थोक सडकखण्डको रिब्दीकोट–४ स्थित बाहुनडाँडामा भएको दुर्घटनामा मोटरसाइकल पछाडि सवार रिब्दीकोट –६, का ३० वर्षीय नरबहादुर गाहाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  

तानसेनबाट हार्थोकतर्फ जाँदैगरेको लु १ ख ९१३४ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदैगरेको  लु ६८ प २०५ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । बाइकमा पछाडि सवार गाहालाई दुर्घटना हुँदा ट्रकले किचेर मृत्युभएको प्रहरीको भनाइ छ ।

मोटरसाइकल चालक सुरक्षित छन् । दुर्घटना गराउने दुवै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जनाए । 

salt training

कमेन्ट गर्नुहोस्