१९ असार २०८३, शुक्रबार

ट्विटर प्रमुखबाट राजीनामा दिने इलोन मस्कको घोषणा

पुस ६, २०७९
ट्विटर प्रमुखबाट राजीनामा दिने इलोन मस्कको घोषणा

इलोन मस्कले ट्विटरको कार्यकारी प्रमुखको पदबाट राजीनामा दिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले राजिनामा दिने घोषणा गरेका हुन् । यिनले ट्वीटरमा सार्वजनिक रुपमा आफू पदमा रहन योग्य हो या होइन भनी सर्वेक्षण गरेका थिए ।  

त्यसमा सहभागी ५७.५ प्रतिशत प्रयोगकर्ताले उनलाई पद छाड्न भनेर मत दिएका थिए। ट्वीटर प्रयोगकर्ताको सो सुझावअनुसार उनले पदबाट राजिनामा दिएका हुन् । तीन दिनअघिको उक्त ट्विटर सर्वेक्षणमा १ करोड ७० लाख प्रयोगकर्ताले सहभागिता जनाएका थिए । उनले उत्तराधिकारी भेटेपछि पनि आफूले सफ्टवेअर र सर्भरको टोलीलाई सञ्चालन गर्ने बताएका थिए ।

मस्कले ट्विटर किनेपछि सामाजिक सञ्जालमा भएका परिवर्तनहरूका बारेमा प्रयोगकर्ताले आलोचना गर्दैआएका थिए । मस्कले टेस्ला र स्पेसएक्स समेत सञ्चालन गर्छन् ।उनी विश्वका सर्वाधिक धनी व्यक्तिमध्ये एक हुन् । तर उनको सम्पत्तिमा क्रमिकरुपले क्षय आइरहेको विश्लेषण गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्