२३ असार २०८३, मंगलबार

कांग्रेस संसदीय दलको चुनाव, मतदान बाहिर चहलपहल [तश्वीरहरु]

कांग्रेस संसदीय दलको चुनाव, मतदान बाहिर चहलपहल [तश्वीरहरु]

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको लागि बुधवार मतदान चलिरहेको छ । बिहान ८ बजे नै शुरु हुने भनिएको मतदान पौने ९ बजे मात्र शुरु भएको थियो ।

मतदानका लागि संसदीय दलको कार्यालय परिसरमा कडा सुरक्षा व्यबस्था गरिएको छ । सांसद बाहेक मन्त्री र केन्द्रीय सदस्यलाई पनि भित्र प्रवेश गर्न दिइएको छैन ।

संसदीय दलको कार्यालय पुगेकी महिला बालबालिका र जेष्ठ नागरिक मन्त्री उमा रेग्मी र केन्द्रीय सदस्य डा. डिला संग्रौलालाई सुरक्षाकर्मीले भित्र प्रवेश गर्न रोकेका छन् ।

 
 

संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिष्पर्धा हुँदैछ ।

मतदान गरेपछि संसदीय दलको कार्यालय परिसरमा कांग्रेस सांसदहरु छलफल गरिरहेका छन् । मतदान सकिएलगत्तै गणना शुरु गर्ने निर्वाचन समितिले जनाएको  । 

salt training

कमेन्ट गर्नुहोस्