०९ साउन २०८३, शनिबार
कांग्रेस संसदीय दलको निर्वाचन

नतिजाबाट निराश छैन, सांसदको विश्वास जित्न लाग्छु– गगन थापा

नतिजाबाट निराश छैन, सांसदको विश्वास जित्न लाग्छु– गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेतामा पाएको मतबाट निराश नरहेको बताएका छन् । 

संसदीय दलको चुनावमा पराजित भएपछि पत्रकारहरूसँग प्रतिक्रिया दिँदै गगनले आफ्नो एजेन्डा स्थापित गर्न लागि पर्ने बताएका थिए । 

‘मलाई जति सांसदले मत दिनुभयो सबैलाई धन्यवाद । बाँकीको मन जित्ने प्रयत्न गर्छु । फेरि प्रतिस्पर्धा होला, नयाँ परिणामको अपेक्षासहित तयारी गर्छु,’ थापाले भने, ‘१३ औं महाधिवेशनमा प्रतिस्पर्धा गरेको थिएँ, त्यसले मलाई उत्साही बनाएको थियो । पहिला ५ सय मत पाएको थिएँ, पछि ३ हजार मत पाएर विजयी भएँ । आजको नतिजा अपेक्षाकृत थिएन, तर थाक्दिनँ, निराश हुन्न । थप लाग्छु । मेरो एजेन्डा अगाडि लैजान्छु ।’ 

पार्टी महाधिवेशनमा जस्तै संसदीय दलमा पनि आफूले जित्ने गरी कुनै समय आउने गगनले विश्वास गरे । 

बुधवार भएको मतदानमा देउवाले ६४ र गगनले २५ मत पाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्