२१ जेठ २०८३, बिहीबार

चीनमा कोरोनाको कहर, अस्पतालमा बेड नपाएपछि भुइँमै उपचार (भिडियो)

पुस ६, २०७९
चीनमा कोरोनाको कहर, अस्पतालमा बेड नपाएपछि भुइँमै उपचार (भिडियो)

चीनमा कोरोनाभाइरसको संक्रमण लगातार बढिरहेको छ । 

दिनदिनै सयौं मानिसको मृत्यु भइरहेको खबर आइरहेका छन् । मसानघाट र कब्रिस्तानमा भीड बढिरहेको बताइएको छ ।

चीन सरकारले कोरोनाका गम्भीर केसहरू नदेखिएको बताए पनि त्यहाँबाट आइरहेका तस्वीरले अर्कै कथा भनिरहेका छन् । 

अस्पतालमा बिरामीहरूको ठूलो भीडभाड छ । बेडमा ठाउँ नपुगेर भुइँमै राखी बिरामीहरूको उपचार भइरहेको छ । चिसो भुइँमा बिरामीहरूलाई भेन्टिलेटर दिइएको छ । 

कोरोनाको ओमिक्रोन भेरिएन्टले भयानक स्थितिको प्रमाण प्रस्तुत गरिरहेका छन् । 

चीनमा शून्य कोभिड नीति अपनाएर कठोर लकडाउन लगाइएकोमा मानिसहरूले निरन्तर विरोध गरेपछि त्यसलाई हटाइएको थियो । 

तर धेरै मानिसले कोरोनाविरुद्धको खोप नलाएकाले गर्दा लकडाउन खुकुलो हुनेबित्तिकै संक्रमण बढेको हो । वृद्धवृद्धालाई यसले बढी असर पारेको छ । 

चीनले संक्रमित व्यक्तिहरूको आँकडा जारी गर्नै छोडेको छ । अनिवार्य कोरोना परीक्षण अन्त्य गरिएकाले संक्रमितहरूको सही सूचना आउन सकेको छैन । 

तैपनि दिनको १० हजार जति केस देखिइरहेको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्