२९ जेठ २०८३, शुक्रबार

पूँजीबादी शोषणविरुद्ध एकजुट हुन श्रमिकहरुलाई आव्हान

पूँजीबादी शोषणविरुद्ध एकजुट हुन श्रमिकहरुलाई आव्हान

भारतको सबैभन्दा पुरानो ट्रेड युनियन अल  इण्डिया ट्रेड युनियन कांग्रेस ९(एआइटियुसी) को ४२ ओै सम्मेलन भारतको केरलास्थित अलपुषामा सम्पन्न भएको छ । कायृक्रमका सहभागीले पूँजीवादी शोषणविरुद्ध उक हुन श्रमिकलाई आह्वान गरेको छ । डिसेम्बर १६ देखि २० सम्म कार्यक्रम भएको थियो ।

सम्मेलनमा  नेपालबाट पेशागत महासंघ नेपाल विश्व ट्रेड युनियन महासंघ (डब्लूएफटियु) का संयोजक तथा डब्लुएटियुको प्रेसिडेन्टियल काउन्सिल सदस्य  प्रेमलकुमार खनालसहित  पेसागत महासंघ  नेपालका सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख लालबहादुर पाख्रिन र सचिवालय सदस्य सीता ओझाले भाग लिएका थिए । सो सम्मेलनमा विश्व ट्रेड युनियन महासंघका महासचिव प्याम्बिस किरिटिस लगायत श्रीलंका ,साइप्रस, पोर्चुगल, सिरिया, कजाकिस्थानका ट्रेड युनियन प्रतिनिधिहरुले भाग लिएका थिए। भारत स्थित २४ वटा प्रान्तीय कमिटीबाट ८८० जना प्रतिनिधि र ४७८ जना पर्यवेक्षकहरुले सम्मेलनमा भाग लिएका थिए।

अल इण्डिया ट्रेड युनियन काङ्ग्रेस सन १९२१ मा स्थापना भएको सबैभन्दा शक्तिशाली र पुरानो युनियन हो। आफ्नो स्थापनाको १०३ ओैं सहित ४२ ओै सम्मेलन अनेकन चुनौतीपूर्ण अवस्थामा आयोजना भएको बताइएको छ।

सम्मेलनबाट महासचिवमा  महिला नेतृ  निबर्तमान महासचिव अमरजित कौरलाई पुनः महासचिवमा निर्बाचित गरेको छ । अध्यक्षमा रामेन्द्रकुमार सहित १४ जना उपाध्यक्षमा र सचिवमा १४ जना तथा २४८ जना  राष्ट्रिय परिषद सदस्यहरु निर्बाचित भएका छन् ।

नेपालबाट संयोजक खनालले विश्व साम्राज्यवाद र पुंजीवादले श्रमिकहरुको बर्वर शोषण गर्दैआएको बताएका थिए । श्रमिकहरुलाई नवउदारवादी नीति अन्तर्गत करार र आउट सोर्सिङमा काममा लगाउने, उनीहरूलाई न्यून तलब र सामाजिक सुरक्षा विहिन बनाउने गरेको बताए । यो समस्या विश्वभर रहेको बताउदै भारतीय सरकारले लागु गरेको श्रमिक विरोधी श्रम कानुन ,सार्वजनिक संस्थानहरुको नीजिकरण र प्राकृतिक श्रोत साधनहरु बहुराष्ट्रिय निगमलाई सुम्पने भारत सरकारको नीतिका विरुद्ध भारतीय श्रमजीवी वर्ग एक हुनुपर्ने उनले सुझाए ।

सम्मेलनबाट सार्वजनिक क्षेत्रको नीजिकरणले श्रमिक वर्गमा परेको प्रभाव, असंगठीत क्षेत्रका श्रमिकको अवस्था र सामाजिक सुरक्षासहितको  रणनीति, ट्रेड युनियन अधिकार र श्रमिक पक्षीय  श्रम कानुनी विषयमा महत्त्वपूर्ण छलफल गरिएको खनालले बताए । सम्मेलनले समसामयिक विषयमा ३३ बुँदे प्रस्ताव पारित गरेको उनले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्