पछिल्लो समय चीनमा कोभिड संक्रमण दर बढ्दै गएपछि भारतको संघीय राजधानी दिल्लीमा उच्च सतकर्ताको प्रयास गरिएको छ । सो विषयमा आवश्यक छलफल गर्न आज दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सरोकारवालासँग छलफल गर्न आकस्मिक बैठक बोलाएका छन् ।
आज विहीबार बस्ने बैठकमा स्वास्थ्य मन्त्रालयका पदाधिकारीसँगै उपमुख्यमन्त्री मनिष सिसोदियासहित स्वास्थ्यका विज्ञहरु, सरोकारवाला पक्षको सहभागिता रहने भारतीय सञ्चार माध्यमले जनाएका छन् । छलफलबाट आएको निस्कर्षअनुसार कोभिड फैलिन नदिनेबारे दिल्ली सरकारले आवश्यक कदम चाल्ने मुख्यमन्त्रीको भनाइ छ ।
कोभिड संक्रमणबाट पछिल्लो समय दिल्लीमा एकजनाको मृत्यु र करिब २० जना संक्रमित रहेको देखिए पनि भारत सरकारले कुनै प्रतिबन्ध नलगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । छिमेकी मुलुक चीनमा बढ्दो कोभिड संक्रमण दरले भारतमा समेत फैलिन सक्ने भन्दै दिल्ली सरकारले त्यसबारे आवश्यक सचेत्ता अपनाउन बैठक आव्हान गरेको छ ।