भारतको तृणमूल कांग्रेसका नेता कीर्ति आजादले प्रधानमन्त्री नरेन्द्र मोदीले लगाएको कपडामाथि विवादास्पद टिप्प्णी गरेका छन् ।
भारतीय जनता पार्टीका नेताहरू आजादको टिप्पणी अपमानजनक रहेको बताउँछन् ।
मेघालयमा अनेकौं परियोजनाको उद्घाटनका लागि आइतवार शिलोङ पुगेको बेलामा मोदीले त्यहाँको स्थानीय वस्त्र लगाएका थिए ।
आजादले मोदीको पोशाकको तस्वीरसँगै एक अनलाइन शपिङ वेबसाइटको स्क्रीनशट पनि राखेर प्रधानमन्त्रीको कपडा महिलाको भएको लेखे ।
उनले लेखे, ‘न नर, न नारी, केवल फेशनको पुजारी ।’
भाजपाको आदिवासी मोर्चाले ट्वीट गरी आजादको टिप्पणी अपमानजनक भएको बतायो । मेघालयको आदिवासी भेषभूषा लगाएर मोदीजीले सम्मान दिएको उसको भनाइ छ । कीर्ति आजादमाथि कारवाही गर्नुपर्ने उसको माग छ ।
यसमा आजादले ट्वीटमार्फत जवाफ दिए ।
एउटा ट्वीटमा उनले लेखे, ‘अर्धनारीश्वर । हर हर महादेव ।’
अर्को ट्वीटमा उनले लेखे, ‘मैले भेषभूषाको अपमान गरेको हैन । मलाई यो मन पर्छ । प्रधानमन्त्रीले फेशनमा रुचि राख्ने गरेको विषयमा मैले इशारा गरेको हो ।’
न नर है न ही है ये नारी,
— Kirti Azad (@KirtiAzaad) December 21, 2022
केवल है ये फैशन का पुजारी/ pic.twitter.com/ZY1gdoYE6K