
स्पेन, ३१ साउन — साइप्रसमा घरेलु कामदारको रूपमा काम गर्दै आएकी एक नेपाली चेलीको शंकास्पद अवस्थामा मृत्यु भएको छ ।

आइतवार साँझ रामेछाप टोकरपुर–८ निवासी श्यामबहादुर मगरकी छोरी २२ वर्षीया यमुना खपाङ्गी मगरको स्विमिङ पूलमा मृत अवस्था शव फेला परेको एनआरएनए साइप्रसले जनाएको छ ।
रामेछाप घर भई साइप्रसमा केही समयदेखि घरेलु कामदारको रूपमा काम गर्दै आएकी मगरको नेपाली राहदानी नम्बर ०९०२८१८१ रहेको छ ।
बिदाको दिन घरका मालिकहरूसँग परलिम्नी कप्परिस क्षेत्रमा गएको बेला साँझ स्विमिङ पुलमा मृत अवस्था फेला परेको घटनाले एनआरएनए स्तब्ध भएको साइप्रसका अध्यक्ष सुवास मल्ले जानकारी दिनुभएको छ ।
मल्लका अनुसार स्विमिङ खेल्न नजानेर मृत्यु भएको हस्पिटलको रिपोर्टले देखाएको छ ।