
चर्को व्याजदरको विरोधमा मोरङका उद्योगी व्यवसायीले सडकमा आएका छन् । उनीहरूले बिहीवारदेखि आन्दोलन शुरू गरेका छन् ।
मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ, उद्योग संगठन लगायतका १ दर्जन बढी संघसंगठनले नारा–जुलुससहित राष्ट्रबैंकको विराटनगर कार्यालय अगाडि धर्ना दिएका छन् ।
धर्नाअघि उद्योगी व्यवसायीले विराटनगरमा प्लेकार्डसहित विरोध जुलुस प्रदर्शन गरेका थिए । व्यापार संघका अध्यक्ष नविन रिजालले माग पूरा नहुञ्जेल आन्दोलनलाई निरन्तरता दिने बताए ।
उनले भने, ‘बैंकका कारण हामी आत्महत्या गर्ने अवस्थामा पुगेका छौं । अत्याचारका कारण हामी सडकमा आइसकेका छौं । अब सडकमै धर्ना बस्नुको विकल्प छैन ।’