
प्रतिनिधिसभा नवनिर्वाचित सांसदहरूको सपथ ग्रहणपछि उनीहरूको सम्मानमा संसद् सचिवालयले चियापान कार्यक्रम आयोजना गरेको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमै चियापान कार्यक्रम आयोजना गरिएको छ । संसदको सपथ लिएपछि सांसदहरू चियापानसँगै बधाई साटासाट गरिरहेका छन् ।
सांसदहरूको चियापानमा भेज कटलेट, स्वीट कर्न, बर्फी, फ्रेन्च फ्राइ, सुन्तलालगायतको मेन्यू राखिएको छ ।
कतिपय सांसदहरू भने चियापानसँगै फोटो ‘सुट’ गरिरहेका छन् । कतिपय भने एक–अर्कासँग चिनजानका लागि परिचय गरिरहेको पनि देखिन्छ ।