२८ जेठ २०८३, बिहीबार

चीनमा कोरोनाको कहर : दिनको १० लाख नयाँ केस, ५ हजारजनाको मृत्यु

पुस ७, २०७९
चीनमा कोरोनाको कहर : दिनको १० लाख नयाँ केस, ५ हजारजनाको मृत्यु

चीनमा कोरोनाभाइरस संक्रमण व्यापक रूपमा फैलिरहेको छ । 

त्यसलाई नियन्त्रणमा राख्नका लागि अधिकारीहरूलाई मुश्किल परिरहेको बताइएको छ । 

नयाँ भेरिएन्ट बीएफ७ ले चीनलाई तनाव दिएको छ । यसले दिनको लगभग १० लाख नयाँ केस ल्याइरहेको छ । अनि २४ घन्टामा ५ हजारजनाको मृत्यु भएको छ । 

ब्लूमबर्ग पत्रिकामा छापिएको रिपोर्टअनुसार, चीनले कोभिड शून्य नीतिलाई अन्त्य गरेपछि ओमिक्रोनको नयाँ भेरिएन्ट बढी आक्रामक भएको छ । अब एक महिनाभित्र ३ लाख ७० हजार नयाँ केस देखिने प्रक्षेपण गरिएको छ । मार्च महिनामा यो आँकडा ४२ लाख पुग्न सक्छ । 

निक्केई एसियाको रिपोर्टअनुसार, बृहत्तर बेइजिङमा मसानघाटहरू पूर्ण क्षमताका साथ चलिरहेका छन् । शव जलाउनका लागि प्रतीक्षा गर्नुपरेको बताइएको छ । 

ओमिक्रोनको नयाँ भेरिएन्टले कमै मात्र मृत्यु गराउने भए पनि देशमा वृद्धवृद्धाको संख्या धेरै भएकाले मृत्युसंख्या बढ्न सक्ने आकलन छ । 

चीनले लामो समयसम्म जिरो कोभिड नीति अपनाएर कठोर लकडाउन लगाएको थियो । तर जनताले त्यसको घोर विरोध गरेपछि सरकारले लकडाउन खुकुलो बनायो । त्यसपछि घरबाहिर निस्केका मानिसले संक्रमण फैलाउँदै हिँडे । 

विश्व स्वास्थ्य संगठनले पनि चीनमा कोभिडका कारण देशभरिका अस्पताल रोगीहरूले भरिएको जनाएको छ । 

बेइजिङका अस्पताल रोगीहरूले भरिभराउ बनेको खबर छ । १०४ डिग्री ज्वरो आएका वृद्धहरू अस्पताल बाहिर ६ घन्टा लाइन लागेर बसेका छन् । कतिपयले त्यहाँ कुर्नुभन्दा घर जानु ठीक हो भनिरहेका छन् । 

चीनका स्वास्थ्य अधिकारीहरूले मृत्युसंख्या निकै घटाएर प्रस्तुत गरिरहेको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्