२३ असार २०८३, मंगलबार
चासो नयाँ सरकार गठनको

गठबन्धनबाटै सरकार बन्छ, प्रधानमन्त्रीबारे छलफलमा छौँ– प्रचण्ड

गठबन्धनबाटै सरकार बन्छ, प्रधानमन्त्रीबारे छलफलमा छौँ– प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेकै सत्ता गठबन्धनबाट सरकार बन्ने बताएका छन् । पहिलो कार्यकालको प्रधानमन्त्री को भन्नेबारे छलफल चलिरहेको उनले बताए । बिहीवार प्रतिनिधि सभा सदस्यको शपथपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले गठबन्धनको सरकार बन्ने बताएका हुन् । 

‘प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भयो, सबै प्रक्रिया सहज ढंगले भयो । आज शपथ पनि राम्रोसँग बडो उत्साहसाथ भयो । सरकार पनि त्यसैगरी बन्छ र काम अगाडि बढ्छ’, प्रचण्डले भने । 

पहिलो कार्यकालको प्रधानमन्त्री तपाईं कि शेरबहादुर देउवा भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने, ‘हामी छलफलमा छौँ ।’
 

salt training

कमेन्ट गर्नुहोस्