३२ असार २०८३, बिहीबार

२० प्रतिशतले घट्दासमेत ६ खर्ब ६४ अर्बको आयात, इन्धन किन्नमै सकियो सवा खर्ब

२० प्रतिशतले घट्दासमेत ६ खर्ब ६४ अर्बको आयात, इन्धन किन्नमै सकियो सवा खर्ब

चालु आर्थिक वर्षको पहिलो ५ महिना (साउन–मंसिर)मा ६ खर्ब ६४ अर्ब रुपैयाँको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्यांकअनुसार गत आवको पहिलो ५ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा आयात २०.७१ प्रतिशतले घटेको छ । आयात घट्दासमेत ५ महिनामा ६ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँको आयात भएको छ । 

भन्सार विभागका अनुसार यो अवधिमा निर्यातसमेत ३४.६१ प्रतिशतले घटेको छ । ५ महिनामा आयात ६७ अर्ब ३० करोड रुपैयाँको भएको छ । गत वर्षको यही अवधिमा नेपालबाट निर्यात १ खर्ब २ अर्ब रुपैयाँको भएको थियो । सरकारले आयातमा रोक लगाएर र कडाइ गरेका कारण गत वर्षको तुलनामा २० प्रतिशतले आयात घटेको देखिएको छ । तर, निर्यातलाई भने सरकारले नै प्रोत्साहन दिइरहेको छ । सरकारले प्रोत्साहन गर्दागर्दै पनि निर्यात ३४ प्रतिशतले घट्न पुगेको छ ।

यो अवधिसम्ममा नेपालको व्यापार घाटा ५ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । यस्तो व्यापार घाटा आयात र निर्यात दुवै घटेका कारण १८.७७ प्रतिशतले गत वर्षको तुलनामा कम भएको पनि तथ्यांकले देखाएको छ । 

यो अवधिसम्ममा नेपालमा सबैभन्दा बढी खर्च इन्धन आयातमै भएको छ । सरकारले इन्धन आयातमा सवा खर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ । तथ्यांकअनुसार ५ महिनामा नै १ खर्ब ३४ अर्बको इन्धन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्