
प्रदेश १ का खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा सदस्य पदमा खोटाङबाट निर्वाचित भएका राईले पदबाट राजीनामा दिएका हुन् । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका उनले बुधवार राजीनामा दिएका छन् ।
२०७८ कार्तिक १६ राजेन्द्रकुमार राई मुख्यमन्त्री नियुक्त भएपछि खोटाङका राईलाई २०७८ माघ २३ गते खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीमा नियुक्त गरेका थिए । राईले खोटाङबाट एमाले नेता विशाल भट्टराईलाई पराजित गरेका हुन् । संघीय संसदमा राजीनामा नदिई सपथ लिन नपाइने भएपछि उनले राजिनामा दिएको बताए ।