२४ जेठ २०८३, आइतबार

सांसदको सपथलगत्तै सुन्दरीजल पुगे विश्वप्रकाशसहित कांग्रेसका ४ सांसद

सांसदको सपथलगत्तै सुन्दरीजल पुगे विश्वप्रकाशसहित कांग्रेसका ४ सांसद

प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेपछि कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन्दरीजल पुगेर विश्वेश्वरप्रसाद कोइरालाको शालिकमा माल्र्यापण गरेका छन् । शर्मासँगै सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियार पनि सुन्दरीजल पुगेका छन् । उनीहरू पनि सांसदको शपथ गरेपछि बिपीको शालिकमा माल्यार्पण गर्न गएका हुन् ।

कांग्रेसको १४औँ महाधिवेशनमा विश्वप्रकाश शर्माले सुन्दरीजलबाटै  महामन्त्री पदको उम्मेदवारी घोषणा गरेका थिए । सुन्दरीजलमा कांग्रेसका स्व. नेता विश्वेश्वरप्रसाद कोइराला संग्राहलय छ । 

कोइरालालाई पञ्चायतकालमा पक्राउ गरेर लामो समय सुन्दरीजलमा राखिएको थियो । संग्राहलयमा कोइरालाको पूर्ण कदको शालिक राखिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्