०१ साउन २०८३, शुक्रबार

पोज फेसनको कपडा बजारमा

पोज फेसनको कपडा बजारमा

पोज फेसनको कपडाहरू बिक्री गर्ने बजार सञ्चालनमा आउने भएको छ । ‘बि नेपाली बाई नेपाली’ भन्ने नाराका साथ विगत ५ वर्षदेखि उत्पादन गर्दैै आएको पोज फेसनले बिक्रीका लागि बजार सञ्चालनमा ल्याउन लागेको हो । 

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न र स्वदेशमा नै रोजगारी सिर्जना गर्न युवा समाजसेवी कुन्तीदेवी पोखे्रलको नेतृत्वमा सञ्चालित पोज फेसनले यही पुस ९ र १० गते पोज कपडा बजार र आगामी दिनहरूमा प्रत्येक शनिवार र सार्वजनिक बिदाका दिनहरूमा बजार सञ्चालन गर्ने तयारी गरेको हो । 

उक्त दिन आफ्नै कारखानामा उत्पादित पुरुष, महिला तथा बालबालिकाहरूलाई हुने जाडो तथा गर्मीका कपडाहरू ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, भेष्ट, पोलो टिसर्ट, हुडी, विन्डचिटरजस्ता आइटमहरुमा ८० प्रतिशतसम्म छुटका साथ सुपर सेल आयोजना गर्न लागिएको छ । व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि पनि उक्त सुपर सेलबाट फाइदा लिन सकिने बताइएको छ । साथै कम्पनीले नयाँ उत्पादनहरूमा पनि भारी छुटका साथ कपडा बजारमा राखिएको छ । 

नेपालमा नै हाल कम्पनीले पुरानो बानेश्वरबाट पहिलोपटक यस्तो किसिमका बजार सञ्चालनमा ल्याउन लागिएको छ । जसले गर्दा उपभोक्ताहरूलाई धेरै ठाउँमा गएर आफ्नो समय धरै खर्च गर्नु नपर्ने र आफ्नो समय र पैसाको सही सदुपयोग हुनुको साथै स्वदेशी उत्पादनलाई प्रोत्साहन मिल्ने समाजसेवी पोखरेलले बताइन् । भविश्यमा नेपालभर यस्तो किसिमका सेवा सुचारु गर्ने लक्ष्य लिइएको उनले बताइन् ।

कम्पनीले आफ्नो सेवा प्रविधिमैत्री बनाउनको लागि ग्राहकहरुको चाहनाअनुरुप अनलाइन सपिङ पोर्टलको माध्यमबाट पनि ग्राहकरुलाई घर–घरमा सेवा प्रदान गरिरहेको छ । अनलाइन सेवा लिन चाहने ग्राहकहरूले संस्थाको आधिकारीक पेजबाट आफ्ना सेवा लिन सकिने बताइएको छ । 

साथै पोज फेसनले आफ्नो उपस्थिति समाज सेवामा पनि देखाएको छ । आफ्नो नाफाको २० प्रतिशत रकम समाज सेवामा लगाउने गरी सामाजिक सुरक्षा कोषको पनि खडा गरिएको पोखरेलले बताइन् । उक्त कोषबाट अनाथ बालबालिकाहरू तथा वृद्दाश्रमहरूमा आर्थिक तथा अन्य सहयोग स्वरुप प्रदान गर्ने जानकारी गराइन् । 

पोखरेलले अपिल गर्दै भनिन्, ‘आउनुहोस उक्त समाज सेवामा तपाईं हामी पनि सहभागी भई समाज सेवा गरौँ र गराऔँ पुण्य कमाऔँ । समाजमा कोही पनि भोकानांगा, दीनदुःखी नहोउन् ।’

salt training

कमेन्ट गर्नुहोस्