२९ असार २०८३, सोमबार

साढे चार लाख उठाउँदै निश्चल, असिफ र इ–सेवाको बाढीपीडितका लागि अभियान शुरु

कात्तिक २०, २०७४
साढे चार लाख उठाउँदै निश्चल, असिफ र इ–सेवाको बाढीपीडितका लागि अभियान शुरु

काठमाडौं, ३१ साउन – इ–सेवा, ब्याल्क हर्स पिक्चर्स र जिटु वान पिक्चर्सले बाढीपीडितका लागि राहत संकलन अभियान चलाएको छ । अभियानसँगै अभिनेता तथा निर्देशक निश्चल बस्नेत र आशिफ शाहले पचार हजारको दरले एक लाख रुपैयाँ रकम सहयोग संकलन गरेका छन् ।

बाढी प्रभावित क्षेत्रमा न्यायो लुगा, खानेपाली, औषधि तथा बसोबासमा सहयोग गर्ने उद्देश्यले राहत संकलन गर्न लागेको जनाएका छन् । साथै उक्त अभियानका लागि इ–सेवाले दुई लाख रुपैयाँ र इ–सेवाका कर्मचारीका तर्फबाट एक लाख एकाउन्न हजार रुपैयाँ अभियानका लागि रकम उठाएका छन् । निश्चल बस्नेत तथा असिफ शाहले सबैलाई सहयोगमा जुट्नका लागि पनि आग्रह गरेका छन् ।

सहकार्यमा रु. ४ लाख ५१ हजार जम्मा गरेर टिमले अभियान थालेको हो । रकमको पारदर्शिताका लागि इ-सेवाले https://donation.esewa.com.np/ मा पूर्ण विवरण हेर्न सकिने व्यवस्था गरेको छ ।

सहयोग गर्ने तरिकाः
यो अभियानमा सर्वसाधारणले आफ्नो मोबाइलबाट नै रकम योगदान गर्न सकिनेछ । https://donation.esewa.com.np/ मा गएर रकम योगदान गर्न इच्छुक इ–सेवाकाग्राहकले आफूले चाहेको रकम, नाम, ठेगाना, र मोबाइलनम्बर प्रदान गरी रकम पठाउन सकिन्छ ।

इ–सेवाको अकाउन्ट नभएकाहरूले भने आफ्नो मोबाइलको मोबाइल ब्याङ्किङ एपमा रहेको 'फोन पे' को विकल्पमा helpterai कोठ प्रयोग गरेर पनि रकम सहयोग गर्न सकिनेछ ।

देशभरि रहेका इ–सेवाका एजेन्टहरूमा रकमप्रदान गरी यो अभियानमा सहयोग पुर्‍याउने प्रावधान पनि छ ।

विदेशमा रहेका नेपालीहरूले यो अभियानमा सहयोग गर्नका लागि ९७७ ९८६८८४२१२१ मोबाइलनम्बरमाभाइबर गरी रकम योगदानगर्ने जानकारी लिन सक्नुहुनेछ ।

अभियानबारे थपजानकारी लिनका लागि http://www.esewa.com.np वा टोल फ्री नं. १६६० ०१० २१२१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

कमेन्ट गर्नुहोस्