२६ जेठ २०८३, मंगलबार

सिद्धबाबा मन्दिरमा राष्ट्रपति भण्डारीद्वारा पूजाआजा

सिद्धबाबा मन्दिरमा राष्ट्रपति भण्डारीद्वारा पूजाआजा

 पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ मा रहेको सिद्धबाबा मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पूजाआजा गरेकी छिन् । बिहीबार पूजाआजा तथा दर्शन सम्पन्न भएको हो । मन्दिर विकास समिति,तिनाउ गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालय,पाल्पाले संयुक्तरुपमा स्वागत गरेका थिए ।

मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरुङले मन्दिरको गरिमा र महिमाका बारेमा राष्ट्रपतिलाई अवगत गराएका थिए । साथै राष्ट्रपतिले मन्दिर विकास समितिको निम्तो स्वीकार गरि पूजाआजा र दर्शन गर्न पाउँदा आफू खुसी भएको बताउँदै मन्दिर विकास समितिप्रति आफू आभारी रहेको बताइन् ।

दर्शन कार्यक्रममा पाल्पाको तिनाउ गाउँपालिकाका प्रमुख प्रेम श्रेष्ठले मन्दीको विषयसहित विविध विषयमा प्रकाश पारेका थिए । मन्दिर विकास समिति र तिनाउ गाउँपालिकाको तर्फबाट राष्ट्रपतिलाई मायाको चिनो स्वरुप पाल्पाली ढाका तथा करुवा प्रदान गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्