२२ जेठ २०८३, शुक्रबार

चार्ल्स शोभराजलाई आज अध्यागमनलाई बुझाइने, स्वदेश फिर्ता गर्ने तयारी

चार्ल्स शोभराजलाई आज अध्यागमनलाई बुझाइने, स्वदेश फिर्ता गर्ने तयारी

सर्वोच्च अदालतको आदेशपछि नेपालमा १९ वर्षदेखि कारागार जीवन विताएका चार्ल्स शोभराजलाई आज अध्यागमनलाई बुझाएर प्रक्रियाअनुसार स्वदेश पठाउने तयारी गरिएको छ । अदालतको आदेशपछि उनलाई आज बिहान अध्यागमनमा बुझाउने तयारी भइरहेको केन्द्रीय कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेले बताए।

“सर्वोच्च अदालतको आदेश अनुसार हामीले अध्यागमनलाई बुझाउने तयारी गरेका छौँ । अदालतबाट कागजात प्राप्त हुँदा समय लागेकाले शुक्रबार विहान अध्यागमनलाई बुझाउछौँ” पाण्डेले भने। अध्यागमन विभागले बुझिसकेपछि स्वदेश पठाउने प्रक्रिया शुरु हुने उनले बताए । 

स्वदेश फर्काउन आवश्यक कागजात र परिवार वा उनलाई त्यहाँ लग्ने व्यक्तिको व्यवस्था मिलाउने काम शुरु भइसकेको पाण्डेले बताए । अध्यागमन विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले सोभराजलाई स्वदेश फर्काउनुअघि नियन्त्रणमै राख्ने वा निगरानीमा मात्रै राख्नेबारे टुङ्गो लाग्न बाँकी रहेको जानकारी दिए ।

“छिटोभन्दा छिटो उनलाई जुन देशको पासपोर्ट छ, त्यही देशमा पठाउने व्यवस्थामा लागेका छौँ। त्यस अवधिमा नियन्त्रणमै राख्ने वा नराख्ने भन्ने निर्णय भइसकेको छैन” उनले बताए । सबै काम प्रक्रिया र कानुनअनुसार हुने उनको भनाइ छ ।  

शोभराज सन् २००३ मा काठमाडौंबाट पक्राउ परेका थिए।  दुई विदेशी पर्यटकको सन् १९७५ मा हत्या गरेको अभियोगमा दोषी ठहर भएपछि उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो। सन् २००९ मा पाटन पुनरावेदन अदालतले उनलाई जाली राहदानी प्रयोग गरेको छुट्टै अभियोगमा दोषी ठहर गर्दै एक वर्षको कैद सुनाएको थियो । सो पछि उनी जेल जीवन विताउँदै आएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्