१२ साउन २०८३, मंगलबार
सरकार गठनको रस्साकस्सी

प्रकाशमानमार्फत देउवालाई प्रचण्डको स्पष्ट सन्देश– पहिलो कार्यकाल छाड्दिनँ !

प्रकाशमानमार्फत देउवालाई प्रचण्डको स्पष्ट सन्देश– पहिलो कार्यकाल छाड्दिनँ !

सत्ता गठबनधनबीच ‘पावर शेयरिङ’मा सहमति जुट्न नसकिरहेको समयमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवाको सन्देश लिएर प्रकाशमान प्रचण्डकोमा गएका थिए । 

प्रकाशमानका सहयोगी यूपी लामिछानेका अनुसार गठबन्धनलाई कायमै राखेर नयाँ प्रधानमन्त्रीमा सहमति खोज्नेबारे दुई नेताबीच छलफल भएको छ । 

पहिलो कार्यकालको प्रधानमन्त्री कांग्रेसले नै राख्ने भन्दै दोस्रो कार्यकालको प्रधानमन्त्री लिन सिंहले प्रस्ताव गरेका थिए । 

तर, प्रचण्डले भने पहिलो कार्यकालको प्रधानमन्त्री नछाड्ने स्पष्ट गरेका छन् ।

बिहीवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रचण्डले पहिलो कार्यकालको प्रधानमन्त्री नछाड्ने स्पष्ट सन्देश दिएका थिए ।

प्रचण्डले सूत्रहरूमार्फत नेकपा एमालेसँग पनि छलफल अगाडि बढाएका छन् । 

यसअघि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री समेत रहेका देउवाका विश्वासपात्र बालकृष्ण खाँणले प्रचण्डसँग पटक–पटक छलफल गरेका छन् । 

प्रधानमन्त्रीको नाम सिफारिश गर्न राष्ट्रपतिले दिएको समय घर्किनै लाग्दा दलहरूले छलफल तीव्र बनाएका छन् । 

राष्ट्रपतिले पुस १० गते आइतवार साँझ ५ बजेसम्म बहुमत सांसदको समर्थनमा प्रधानमन्त्रीको नाम सिफारिश गर्न दलहरूलाई आह्वान गरेकी छिन् ।
 

salt training

कमेन्ट गर्नुहोस्