बिहीवार भएको प्रतिनिधिसभा सदस्यको शपथमा सहभागी हुन नसकेका २ सांसदले शुक्रवार शपथ लिएका छन् ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राई र महेन्द्र राय यादवले शुक्रवार शपथ ग्रहण गरेका हुन् ।
सांसदद्वयलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका छन् ।