१४ असार २०८३, आइतबार

फेन्टानिलले तर्सायो अमेरिकालाई

पुस ८, २०७९
फेन्टानिलले तर्सायो अमेरिकालाई

अमेरिकाको लागूऔषध अनुसन्धान विभाग डीईएले सन् २०२२ को अन्त्यमा डरलाग्दो आँकडा सार्वजनिक गरेको छ । 

यस वर्ष मात्र डीईएले ४५ सय किलो फेन्टानिल नामक लागूपदार्थको पाउडर बरामद गरेको छ । मानिसहरूले चिकित्सकको जाली प्रेस्क्रिप्सन बनाएर यो लागूपदार्थ लिइरहेको पाइएको छ । 

यो पदार्थ अलिकति लिँदा मात्र पनि धेरै हानि गर्छ । डीईएका अनुसार, यो ड्रग अमेरिकाका लागि आगामी दिनमा सबभन्दा ठूलो जोखिम बन्न सक्ने सम्भावना छ । 

यूएस सेन्टर फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनका अनुसार, यो लागूपदार्थ सिन्थेटिक ओपिओइड हो । पीडालाई व्यवस्थापन गर्ने मस्तिष्कको रसायन निकाल्न यसले सहायता गर्छ । 

गम्भीर पीडा बेहोरिरहेका रोगीहरूलाई मोर्फिन जस्तो लागूपदार्थ दिइन्छ । यसले पनि त्यही काम गर्छ तर यो मोर्फिनभन्दा १०० गुणा बढी शक्तिशाली छ । 

फेन्टानिल सिन्थेटिक ड्रग हो किनकि यो प्रयोगशालामा बनाइन्छ । यो हेरोइन जस्तो खतरनाक लागूपदार्थभन्दा ५० गुणा शक्तिशाली हुन्छ । 

प्रयोगशालामा बनाइन सक्ने भएकाले यसको उत्पादन व्यापक छ । अमेरिका युवाहरू चिकित्सकको जाली प्रेस्क्रिप्सन बनाएर वा कालोबजारमा यसलाई किनिरहेका छन् । 

सामान्य पिलहरूमा फेन्टानिल दलेर बेच्ने गरिएको छ । डीईएले बरामद गरेको फेन्टानिलले सबै अमेरिकीलाई मार्न सक्ने डरलाग्दो तथ्य पनि सार्वजनिक भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्