×

NMB BANK
Dabur

पुस्तान्तरणको बहस

कांग्रेस रूपान्तरणको प्रयास : शेखरको अग्रसरता र गगनको उम्मेदवारीले कोरेको बाटो

पुस ८, २०७९

NTC
Premier Steels
Marvel

नेपाली कांग्रेसले पार्टी संसदीय दलको निर्वाचन सम्पन्न गरेको छ र नतिजा पनि आइसकेको छ । पार्टी सभापति शेरबहादुर देउवा  पुनः निर्वाचित हुनुभएको छ । खुशीको कुरा के छ भने कांग्रेसको पहिलो पुस्ता र तेस्रो पुस्ताबीच इतिहासमै पहिलोपटक मित्रवत् प्रतिस्पर्धा भएको छ । नतिजा अनपेक्षित छ, तर स्वीकार्नुको विकल्प छैन ।

Sagarmatha Cement
Muktinath Bank

यसभन्दा पहिले नेपाली कांग्रेसको चौधौं महाधिवेशनअघि अब पार्टी सभापतिमा शेखर कोइराला उठ्छन् भन्दा एक त धेरैलाई विश्वास थिएन, अर्को उठिहाले पनि त्यत्रो मत ल्याउँछन् भन्ने अनुमान कसैले लगाएका थिएनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस परिणामले पार्टीभित्र र बाहिरका मानिसहरूको आकलनविपरीत शेखर कोइरालाले तत्कालीन सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरे र सम्मानजनक मत ल्याए अर्थात् ४० प्रतिशतभन्दा बढी । यो चानचुने कुरा थिएन । संस्थापनइतर समूहका तत्कालीन नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, आफ्नै भाइ तत्कालीन पार्टी महामन्त्री शशांक कोइराला र बहिनी सुजाता कोइरालाबेगर नै चुनावी प्रतिस्पर्धा गर्नु परेको अवस्थामा पनि कोइरालाले त्यत्रो मत ल्याउनुमा पार्टीभित्रका जल्दाबल्दा युवा नेताहरू एवं कोइराला परिवार र त्यसको विरासतको मनोवैज्ञानिक पक्षको पनि साथ थियो ।


Advertisment
SBL

त्यसमध्येका थिए, बिलकुलै नयाँ पुस्ताका नेता गगन थापा । कांग्रेसको संस्कृति र परम्पराले केटाकेटी भन्ने वा ठान्ने, जबकि उनको उमेर ४५ पुगिसकेको थियो । यस उमेरमा कांग्रेसका संस्थापक बीपी कोइराला पार्टी सभापति र प्रधानमन्त्री भइसकेका थिए । यो उमेर पार्टी र देशको नेतृत्वमा आउने सही उमेर थियो । परिपक्व उमेर थियो । अहिले उनले ल्याएको मत पनि शेखर कोइरालाले झैँ पार्टीका दिग्गजहरूको असहयोगका बाबजुद प्राप्त गरेको मत हो ।

Vianet communication
Laxmi Bank

कांग्रेसको सिद्धान्त र स्वयं संस्था प्रजातान्त्रिक भए पनि कार्यशैली परम्परागत, शास्त्रीय र कामचलाउ थियो । विधि, पद्धतिको नियमित अभ्यास थिएन । नेताको मनोगत चाहनामा पार्टी चलेको थियो । विधान परिपालनाको कुरा गर्ने नेताको व्यवहार भने त्यसको विपरीत थियो । निश्चित नेताको प्रभुत्व कायम रहेको पार्टीको महामन्त्रीमा खसेको मतको दुईतिहाइ ल्याएर चुनाव जित्नु चानचुने कुरा थिएन ।

यसले पार्टीमा 'प्याराडाइम सिफ्ट' हुने त्यतिबेलै संकेत गरेको थियो । आज आएर तिनै गगन थापालाई नेता शेखर कोइरालाले संसदीय दलको नेतामा चुनाव लड्ने प्रस्ताव गरेर आफ्नो राजनीतिक व्यक्तित्वलाई थप चम्किलो बनाउँदै मुलुकले देख्नेगरी थप उचाइ हासिल गर्दै युग परिवर्तनको ढोका खोलेका छन् ।

यस घटनाले नेपाली कांग्रेसको इतिहासमा दूरगामी महत्त्व राख्छ नै । संसदीय दलमा कसको कति मत आयो, त्यसको लेखाजोखा हुँदै गर्ला, तर यस घटनाले कांग्रेसलाई यथास्थितिबाट मुक्त गरी आम जनता र कार्यकर्ताको भावना मुताविक विधिसंगत ढंगबाट पार्टी सञ्चालन गर्ने बाटोमा अग्रसर गराउन ठूलो दबाब सिर्जना गर्नेछ ।

आफ्ना वरिपरि प्रशंसाका पुल बाँध्ने व्यक्तिहरूलाई मात्र राख्ने होइन कि उपयुक्त सुझाव दिनसक्ने र जुनसुकै कमजोरी औंल्याउन सक्ने नीर्भिक साथीलाई पनि ठाउँ दिनुपर्छ । पार्टीलाई प्राप्त अवसरहरूको न्यायोचित वितरण गर्नुपर्दछ । निष्कर्षमा वर्तमान कार्यशैली बदलेर नयाँपनको सन्देश दिनुपर्छ । पार्टीको कुनै पनि सदस्य आफ्नो सभापति कमजोर र असफल भएको देख्न चाँहदैन ।

संसदीय दलका नेताको निर्वाचन परिणामपश्चात् कांग्रेस पार्टीमा एउटा ठूलो हलचल पैदा भएको छ । सबैले आकलन गरेका थिए कि शेरबहादुर देउवा र गगन थापाको मतको फासला निकै साँघुरो हुनेछ अर्थात् जीतहारको अन्तर झिनो मात्र हुनेछ । तर परिणाम त्यस्तो आएन । यसको कारण स्पष्ट नै छ । पार्टीको एउटा ठूलो हिस्सा, जो दुवै समूहमा छ, ऊ अझै पनि परिवर्तनको पक्षधर छैन र यथास्थितिमै आफ्नो भविष्य देख्छ । उसलाई थाहा छ, परिवर्तनको बेगलाई ऊ थाम्नै सक्तैन ।

नेतृत्वले खटन गरेर दिएको भागले उसलाई पर्याप्त हुन्छ वा उसको चित्त बुझ्छ । समयले खडा गरेका चुनौतीहरूको आभास उसलाई छँदैछैन । आफ्नो दललाई युगसापेक्ष बनाएर समाज र देशलाई प्रगतिको बाटोमा लैजाने सपना पनि छैन । आफ्नो सामान्य निजी प्रतिष्ठाको सुरक्षा भए पुग्छ । पार्टीका राम्रा पदहरू र राज्यसँग जोडिएका केही अवसर हासिल गर्नु र बारम्बार गरिरहनु जीवनको उच्चतम लक्ष्य छ ।

नेपालले अहिले पनि गरीबी झेलिरहेको छ र जनताको अवस्था निकै दयनीय छ । केवल तन्त्र र वादको  लडाईंले राष्ट्रको उत्थान हुँदैन भन्ने कुरा प्रमाणित भैसकेको छ । समाज व्यवस्था गुणस्तरीय नभएसम्म राजनीतिक प्रणाली जति लोकतान्त्रिक भए पनि त्यसको सार्थकता रहँदैन । आजसम्मको कमजोरी नै यही हो । लोकतन्त्र फगत नारा मात्र होइन, जनताको जीवनलाई सहज बनाउने माध्यम हो ।

आफ्ना नागरिकको जीवनलाई लथालिङ्ग राखेर गरिने राजनीतिक अभ्यास कदापि लोकतन्त्र हुन सक्तैन । नेपालमा आजसम्म अभ्यास गरिएका प्रजातन्त्र वा लोकतन्त्र सार्थक वा सफल हुन नसक्नु राजनीतिक दलहरूको ठूलो कमजोरी हो । साँच्चै भन्ने हो भने नेपालमा अहिलेसम्म दलतन्त्र पनि चलेन । चल्यो त केवल नेतातन्त्र र अब कुलीनतन्त्र चलिरहेको छ, जहाँ नाता, पैसा र स्वार्थको मात्र बोलावाला छ । त्यस्तो गल्ती दोहोर्‍याइरहे र लोकतन्त्रलाई सार्थक लोकतन्त्रमा परिणत नगरे वर्तमान प्रणाली नरहन पनि सक्छ । यसका लागि दलहरू स्वयं बदलिनु आवश्यक छ । यसैका लागि नेतृत्व परिवर्तनको आवाज उठेको हो ।

कांग्रेसको चौधौं महाधिवेशन र यसपटकको संसदीय दलमा नेतृत्व परिवर्तनको आवाज जोडदार रूपमा उठ्नु र त्यसका निम्ति अभ्यास समेत गरिनु पार्टी परम्परामा क्रम भंग हुनु हो ।

अब विधिवत् रूपमा पुस्ताको लडाईं प्रारम्भ भयो र यो रचनात्मक छ । यो कदम नेतृत्वकाप्रतिको निरन्तर खबरदारी हो । यस  लडाईंलाई सार्थकता दिने लहरमा सबैभन्दा अगाडि शेखर कोइराला उभिएर पार्टीको इतिहासमा एउटा कीर्तिमान कायम गर्नुभएको छ । अर्को महत्त्वपूर्ण सत्य अझ रोमाञ्चकारी छ ।

फरक धारमा रहेर पनि पुस्तान्तरणको मुद्दालाई तार्किक निष्कर्षमा पुर्‍याउन गगन थापासँगै उभिने अग्रसरता देखाउनुहुने अर्का महामन्त्री विश्वप्रकाश शर्माको कदम आफैंमा ऐतिहासिक छ । साथै आफ्नो पुस्तालाई प्रोत्साहित गर्ने अन्य सबै युवा नेताहरूको कदम सराहनीय छ । यसले आंशिक रूपमै भए पनि पुस्ताप्रतिको ऐक्यबद्धता जाहेर भएको छ ।

अब भने कतिपय युवाहरू विवेकको बोली बोल्न थालेका छन् । अर्का युवा नेता प्रदीप पौडेल यसैका दृष्टान्त हुन् ।

कांग्रेससामु विगतमा रुमल्लिने सुविधा छैन । बितेका घटना पक्रेर आत्मभर्त्सना गरिरहनुको पनि अर्थ छैन । मौका चुकिसक्यो । गल्ती भैसक्यो । जनताका बीचमा लोकप्रिय रूपमा उभिने, जनताको भरोसा जित्ने र अगाडिका चुनावमा सफलता प्राप्त गर्ने बाटो खोज्नु नेतृत्वको दायित्व, बुद्धिमत्ता र दूरदृष्टि हो । कसले कसलाई मत दियो वा दिएन, खोजतलास गर्दै जाउँला । अहिले भने हाम्रो गुरुत्तर दायित्त्वमा केन्द्रित हुनु नै श्रेयस्कर हुनेछ ।

सभापतिको दायित्व

नेतृत्वलाई भन्न अरू ठाउँ छैन, भेट्ने योग्यता पुग्दैन, त्यसैले सञ्चारमाध्यमको विकल्प प्रयोग भएको हो । सभापति र संसदीय दलको नेताको हैसियतले यतिबेला पार्टीलाई पुनर्जीवन दिने दायित्व सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको हो । जीवनको उत्तरार्ध र जिम्मेवारीको शिखर वा अन्तिम बिसौनीमा खडा हुनुभएका देउवाले आफूले अधिकतम राम्रो कसरी गर्ने भन्ने सोच्नुपर्छ । यसका निम्ति पार्टीको अव्यवस्थालाई सुधार गर्ने अग्रसरता लिनुपर्छ ।

पार्टीमा वडादेखि केन्द्रसम्म गञ्जागोल छ । सबै तहका नेता कार्यकर्ता देश चलाउने उत्कृष्ट बहस गर्छन् तर आफ्नो जिम्मेवारी पूरा गर्दैनन् । यो रोग केन्द्रमा पनि छ । तसर्थ सबैभन्दा पहिले पार्टीलाई आन्तरिक रूपमा व्यवस्थापन गर्ने २ वर्षे विस्तृत कार्ययोजना तयार गरी तुरुन्तै कार्यान्वयनमा लैजानु पर्छ, जसले पार्टीका सबै अवयवहरूलाई तन्दुरुस्त र कामकाजी तुल्याउन सक्छ ।

आफ्ना वरिपरि प्रशंसाका पुल बाँध्ने व्यक्तिहरूलाई मात्र राख्ने होइन कि उपयुक्त सुझाव दिनसक्ने र जुनसुकै कमजोरी औंल्याउन सक्ने नीर्भिक साथीलाई पनि ठाउँ दिनुपर्छ । पार्टीलाई प्राप्त अवसरहरूको न्यायोचित वितरण गर्नुपर्दछ । निष्कर्षमा वर्तमान कार्यशैली बदलेर नयाँपनको सन्देश दिनुपर्छ । पार्टीको कुनै पनि सदस्य आफ्नो सभापति कमजोर र असफल भएको देख्न चाहँदैन ।

सुझाव दिने व्यक्तिविरोधी हुँदै होइन । दुनियाँका महान नेताहरूले अरूको आलोचनाबाट आफूलाई सुधारेर सफल भएका हुन् । त्यसैले आजसम्मका बेथितिहरू हटाउँदै राम्रो थिति बसाल्ने कार्यमा अग्रसर हुनु र सरकार सञ्चालनको अवसर आउँदा जनता रिझाउने कार्य गर्न सक्नु प्रमुख दायित्व हो । यो कुनै उपदेश होइन, सकारात्मक सुझाव मात्र हो ।

ओखती तीतो हुन्छ तर बिरामी हुँदा खानैपर्छ, किनभने यतिबेला हामी बिरामी छौं । र नेतृत्वबाट चामत्कारिक भूमिकाको अपेक्षा गरिरहेका छौं ।

युवा नेताको दायित्व

कांग्रेसका जल्दाबल्दा युवा नेताहरू पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा छन् । जिम्मेवारी लिँदै जानु मात्र युवा नेताहरूको दायित्व र सफलता होइन । महाधिवेशन सकिएको एक वर्ष हुँदैछ । तर दुःखका साथ भन्नुपर्छ, कांग्रेस आफू बेथिति र अव्यवस्थामै रमाएको छ । बुढा नेताहरूले जेजति गरे गरे, युवाहरूले चाहिँ के गरे ? भन्ने प्रश्न खडा हुन थालेको छ ।

युवा नेताले अब यसको समुचित जवाफ दिन सक्छन् कि सक्दैनन् हेर्न बाँकी छ । बेलायतमा चारपटक चुनाव हारेको लेबर पार्टीलाई टोनी ब्लेयरले कसरी सत्तारुढ बनाए, त्यसको कारण पत्ता लगाएर काम गर्नुपर्छ र कांग्रेस पार्टीलाई गठबन्धन गरेर पहिलो पार्टी बनाउने हैन कि एक्लै बहुमतको पार्टी बनाउनु पर्छ । युवा नेताहरू पदाधिकारी रहेको पार्टीको जनाधार कसरी घट्यो ? पुरानै मत आएन, नयाँ कता गयो ?

यस पंक्तिकारले पहिलेदेखि भन्दै आएको हो, कांग्रेस सरोकारवालाको पार्टी रहेन । यो सीमित नेताको सत्ता शोख पूरा गर्ने हतियार मात्र भयो । बेलायतको प्रजातन्त्रलाई सरोकारी प्रजातन्त्रमा परिणत गर्ने संकल्पले मात्र ब्लेयरले लेबर पार्टीलाई नवजीवन दिँदै सत्तारुढ बनाउन सकेका हुन् । के युवा नेताहरूले कांग्रेसलाई आमसदस्यको पार्टी बनाउन सक्छन् ? अहिलेको मूल प्रश्न यही हो । त्यसका निम्ति योजना के हो ?

हिजो बुढाहरूको पालामा प्रजातन्त्रको माला जप्दा पुग्थ्यो, अहिले काम गर्नुपर्छ । त्यतिबेला माला जप्नै गाह्रो थियो, ज्यान जान्थ्यो । अहिले जसले पनि जप्न सक्छ । अब त कामका आधारमा मात्र मूल्यांकन हुन्छ । युवाहरूले काम गर्दा सबैको सहयोग प्राप्त हुन्छ । देशभरिका युवाले काँध थाप्छन् । काम गर्नुभएन र पार्टीमा गुणात्मक सुधार आएन भने 'अर्ली रिटायरमेन्ट' पनि हुनसक्छ ।

फगत प्रतिक्रियामा मात्र मूल नेता हुन सकिँदैन । अहिलेसम्म यही हुँदै आएको छ । अब काम गर्ने बेला आयो । वर्ष दिन बितेर फरक पर्दैन, बाँकी तीन वर्षमा धेरै गर्न सकिन्छ । यो कुरा नाराले होइन, व्यवहारले देखिनुपर्छ ।

हिजो बुढाहरूको पालामा प्रजातन्त्रको माला जप्दा पुग्थ्यो, अहिले काम गर्नुपर्छ । त्यतिबेला माला जप्नै गाह्रो थियो, ज्यान जान्थ्यो । अहिले जसले पनि जप्न सक्छ । अब त कामका आधारमा मात्र मूल्यांकन हुन्छ । युवाहरूले काम गर्दा सबैको सहयोग प्राप्त हुन्छ । देशभरिका युवाले काँध थाप्छन् । काम गर्नुभएन र पार्टीमा गुणात्मक सुधार आएन भने 'अर्ली रिटायरमेन्ट' पनि हुनसक्छ ।

युवा नेताहरूले पार्टीका आमसदस्यबाट निरपेक्ष समर्थन पाएको ठान्नुहुँदैन । यो समर्थन तपाईंहरूको काम वा कार्यसम्पादन सापेक्ष हो । तपाईंहरूको भविष्य तपाईंहरूले बनाउने र जोगाउने संगठनको जगमा मात्र सुरक्षित हुनेछ । कांग्रेसका वर्तमान संरचनामा व्याप्त अस्वस्थ गुटबन्दीलाई अन्त्य गरेर हरेक तहलाई कामकाजी नबनाउने हो भने जनताको विश्वास जित्न सकिँदैन ।

पार्टीले आजसम्म हजारौं युवाको भविष्यमाथि चरम खेलबाड गरेको छ । यसले पछिल्लो १ वर्ष पनि निरन्तरता पाएको छ । यसको कारण बुझ्न सकिएको छैन । युवा नेताहरूले आफूहरू समाधान दिने ठाउँमा छौं भन्ने कुरा बिर्सनुभएन ।

सभापतिले नगरी हुँदैन रहेछ भनेर पन्छिँदा दायित्व पूरा हुँदैन । तपाईंहरूले प्रयास गरेको देखिनुपर्‍यो । सभापतिले बाधा पुर्‍याएको देखिनुपर्‍यो । अन्यथा युवा पुस्ताको नारा फगत निजी लाभ वा स्वार्थ पूरा गर्न उपयोग गरिएको अस्त्र ठानिनेछ । पार्टीमा संस्थागत हुँदै गएको पुस्तान्तरणको मुद्दालाई सार्थक बनाउन युवा नेताहरू कामकाजी हुनुपर्‍यो, नारावादी मात्र होइन । अहिलेसम्म मुलुकले पर्खिरहेको छ, तर सधैंभरि पर्खिँदैन ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ५, २०८०

हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

फागुन ८, २०८०

भनिन्छ, राज्यलाई सधैँ इमान्दार मानिसहरूको खाँचो हुन्छ । सबैभन्दा इमान्दार मानिस राज्यलाई नै खाँचो हुन्छ, किनकि नागरिक हकहितका लागि गरिने काम, प्रयोग गरिने साधन र अभ्यास गरिने अधिकारमा इमान्दारिता देखिनुपर्दछ, ...

x