२१ जेठ २०८३, बिहीबार

सञ्चालनमा आउने भयो रेसुङ्गा विमानस्थल, पुस अन्तिममा डेमो उडान

सञ्चालनमा आउने भयो रेसुङ्गा विमानस्थल, पुस अन्तिममा डेमो उडान
तस्वीर : सामाजिक सञ्जालबाट

निर्माण सम्पन्न भएर पनि लामो समयदेखि सञ्चालनमा आउन नसकेको गुल्मीको सिमिचौरस्थित रेसुङ्गा विमानस्थल सञ्चालनमा आउने भएको छ ।

रेसुङ्गामा उडान गर्न तारा एयर तयार भएको रेसुङ्गाका मेयर खिलध्वज पन्थीले जानकारी दिए । यसअघि नै परीक्षण उडान भइसकेको विमानस्थलमा ताराले पुनः डेमो उडान गर्ने सहमति गरेको उनले जानकारी दिए । 

विमानस्थल सञ्चालनका लागि गुल्मीका राजनीतिक दल र जनप्रतिनिधिले सरोकारवालासँग कुरा गरेका थिए । ‘लामो छलफलपछि तारा एयर रेसुङ्गा विमानस्थलमा उडान भर्न तयार भएको छ,’ पन्थीले लोकान्तरसँग भने । यो विमानस्थल सञ्चालनमा आएमा गुल्मी, अर्घाखाँची र प्युठानका नागरिक समेत लाभान्वित हुनेछन् । 

ताराले हप्तामा काठमाडौंदेखि एउटा उडान भर्ने र यात्रुको चापका आधारमा उडान थप्ने सहमति भएको नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका पन्थीले बताए । २०७५ जेठ २५ गते रेसुङ्गा विमानस्थलमा परीक्षण उडान गरिएको थियो । त्यो बेला कच्ची रहेको धावनमार्ग अहिले कालोपत्रे भइसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्