०२ असार २०८३, मंगलबार

श्रीमतीको हत्या गरेकालाई सर्वस्वसहित जन्मकैद

श्रीमतीको हत्या गरेकालाई सर्वस्वसहित जन्मकैद
प्रतिकात्मक तस्वीर

सप्तरीकोे राजविराज नगरपालिका–१ का ५२ वर्षीय भइयालाल भनिने हिरालाल रजकलाई आफ्नै श्रीमतीको हत्या अभियोगमा जिल्ला अदालत सप्तरीले शुक्रवार सर्वस्वसहित जन्मकैद सजाय गरेको छ ।

जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलाशले हत्या आरोपी रजकलाई सर्वस्वसहित जन्मकैद सजाय गरेका अदालतले जनाएको छ । 

राजविराज नगरपालिका–१ रामपुर टोल घर भई सोही वडाको पडरिया टोलस्थित दीपेन्द्र यादवको घरमा डेरा गरी बस्ने दम्पतीबीच आपसी विवाद हुँदा ४० वर्षीया पत्नी गीतालाई हिरालालले हत्या गरेका थिए । 

राजविराज नगरपालिका–१ स्थित प्रांगारिक मल बनाउने निर्माणाधीन खुल्ला भवनको प्यासेजभित्र गीताको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा गत मंसिर १० गते शव फेला परेको थियो । आरोपित मंसिर १० गते नै पक्राउ परेका थिए ।

मृतकका बुवा गजानन्द रजकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंसिर १० गते किटानी उजुरी दिएका थिए । आरोपीले जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालयका साथै जिल्ला अदालत समेतमा हत्या गरेको स्वीकार्दै साविती बयान गरेपछि अदालतमा अभियोगपत्र दायर भएलगत्तै फैसला गरिएको अदालतले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्