२० असार २०८३, शनिबार

भृकुटीमण्डपमा बृहत जुत्ताचप्पल मेला, ७० प्रतिशतसम्म छुट

भृकुटीमण्डपमा बृहत जुत्ताचप्पल मेला, ७० प्रतिशतसम्म छुट

नेपालका विविध ब्राण्डहरुले काठमाडौंको भृकुटीमण्डपस्थित भइरहेको बृहत जुत्ताचप्पल व्यापार मेलामा उपभोक्ताको भिड लागेको छ । जाडो यामलाई लक्षित गरी आयोजना गरिएको मेलामा आकर्षण डिजाइनका जुत्ताचप्पल सस्तो मूल्यमा उपलब्ध भएपछि उपभोक्ताको भीड लागेको हो ।

लगाउन हल्का, लचकदार नेपाली जुत्ता भएकाले किन्न आउने ग्राहकहरुको रोजाइमा परेको व्यापारीको भनाइ छ । भृकुटीमण्डपको प्रवेशद्वार छिर्ने बित्तिकैको सानो चौरमा लागेको मेलामा नेपालका प्रख्यात ब्राण्ड शिखर सुज, हाईलाईफ, वान वर्लड, फुटस्टेप सुज, कोसेली, बोस सुज, पीजी, बेम्बो सुज र हिमानी कलेक्सन आदि राखिएका छन् ।   

एउटै छानामुनि उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल उपभोक्ताले छानीछानी किन्न पाउने भएपछि उपभोक्ता पनि खुशी भएका छन् । हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी दिइएको आयोजकको भनाइ छ । ती जुत्ताचप्पलमा ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको मेलाका आयोजक बेम्बोसुजका सविन कार्कीले बताए । उपभोक्ताले खोजेका हरेक भेराइटीका जुत्ताचप्पल मेलामा उपलब्ध गराइएको उनले जानकारी दिए ।  

मेला लाग्ने दिन छोटिएसँगै सस्तोमा बलियो, आकर्षक डिजाइनका जुत्ताचप्पल किन्ने ग्राहकहरुको भिड अझ बढेको उनले बताए । मेला पुस १९ गतेसम्म चल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्