१७ असार २०८३, बुधबार

युवाहरू निन्दक होइन आलोचक बन्नुपर्छः  महामन्त्री थापा

युवाहरू निन्दक होइन आलोचक बन्नुपर्छः  महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरूले गुनासो मात्र गर्ने नभई समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले युवाहरूले समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका हुन् । 

महामन्त्री थापाले अहिलेका युवाहरू भनेको देशको भविष्य भएकाले विद्यार्थी युवावर्गहरूले समस्याको गुनासो गर्ने नभई समाधान गर्न के गर्ने भन्नेकुराको बारेमा सोच्न आवश्यक रहेको बताए । उनले युवावर्ग निन्दक नभईकन आलोचक बन्नुपर्ने बताए । उनले युवाहरू थाहा नै नपाईकन निन्दक बन्ने गरेको भन्दै निन्दक र आलोचकमा धेरै ठूलो भिन्नता हुने बताए । उनले युवाहरू आलोचक बन्नु गलत नभएको तर आफ्नो, समाजको, आज र भविष्यको बारेमा सोचेर आलोचना गर्न उपयुक्त हुने बताए । 

‘हामी कहिले काहीँ थाहा न नपाइकन क्रिटीकल भयौँ भनेर भन्दाभन्दै यङ मान्छेहरू थाहै नपाइकन सिनिकल हुन्छौँ । निन्दक र आलोचकमा धेरै ठूलो भिन्नता हुन्छ । तर, आलोचक बन्दा बन्दै थाहै नपाइकन हामी निन्दक बनिसकेका हुन्छाँै’, थापाले भने, ‘क्रिटिकल हुने भनेको कहिलेकाहीँ आफ्नो बारेमा पनि हुने हो । शिक्षक, स्कुल, समाजको, कम्युनिटी, आज, भोलिको बारेमा हुने हो । त्यो ठूलो स्ट्रेन्थ बन्छ । तर तपाई सिनिकल हुनुभयो भने तपाईको सबैभन्दा ठूलो विकनेस बन्छ । जीवनभर कम्प्लेन मात्रै गर्नुभयो भने जीवन कम्प्लेनमा नै सकिन्छ ।’ 

महामन्त्री थापाले निन्दक बन्नु युवाहरूका लागि जीवनकै सबैभन्दा ठूलो कमजोरी हुने बताए । उनले अहिलेको युग प्रविधिको भएकाले अनलाइनमा बस्दा पनि सामाजिक सञ्जालहरूको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्